– नारायण घिमिरे 

काठमाडौं –परम्परागत वेदले नारीलाई महान् बुद्धि र सद्गुणको खानी मान्दछ । अथर्ववेदले विशेष गरी महिला सशक्तीकरणको वकालत गर्दै भन्दछ, नारीहरू समाजको अभिन्न पक्ष मात्र हैनन् नारीको योगदान बिना समाज समुन्नत र मानवीयता बोकेको समाज हुनै सक्दैन । नारीको प्रतिभा, क्षमता र योगदानको कदर नहुने समाज र घर मानव बस्ती हुनै सक्दैन । नारी माथि विभेद गरिने घरहरू रहेको समाज दानवहरूको बस्तीमा परिणत बनेको हुन्छ । नारीको शिक्षा, बुद्धि र ज्ञानको सन्दर्भमा वेदका केहि भनाइहरु हेरौ ।

ऋग्वेद ६.६१.२ लेख्दछ,

इयं शुष्मेभिर्बिसखाइवारुजत्सानु गिरीणां तविषेभिरूर्मिभिः ।

पारावतघ्नीमवसे सुवृक्तिभिः सरस्वतीमा विवासेम धीतिभिः ।।

जसरी पृथ्वीको धरातलमा बगिरहेको एक नदीले पृथ्वीको सबैभन्दा शक्तिशाली ठानिने पहाड र चट्टानहरू भत्काउँदै आफ्नो गन्तव्य  तर्फ आफै बढ्ने क्षमता राख्दछ त्यस्तै एक समझदार र ज्ञानी नारीले आफूलाई प्रकृति वाट प्राप्त बुद्धिमत्ताको सहयोग वाट आफूमा रहेको अज्ञानता र भ्रमलाई नियमित रूपमा चिर्दै नितान्त नम्रता र शिष्टता पूर्वक आफ्नो महान् गन्तव्य तर्फ नियमित अघि बढ्ने सामर्थ्य राख्दछिन् । समाजको उन्नति र हितको लागि हरेक नारीमा हुने उक्त गुण र क्षमताको समाजले अनिवार्य सम्मान गर्न जरुरी छ ।

ऋग्वेद २.४१.१७ लेख्दछ,

त्वे विश्वां सरस्वति श्रितायूंषि देव्याम् । शनुहोंत्रेषु मत्स्व प्रजां देंवि दिदीड् न : ।।

वे विश्वां सरस्वति श्रितायूंषि देव्याम् । शनुहोंत्रेषु मत्स्व प्रजां देंवि दिदीड् न : ।।

समाजको अस्तित्वमा रहने हरेक जीवनको सुन्दर भविष्य एक सक्षम र ज्ञानी नारीको योगदानको नतिजा हुने गर्दछ। एक नारीले नै समाजको प्रत्येक सदस्यलाई सही ज्ञान दिने र उत्तम मार्ग दर्शन गर्ने भूमिका पुरा गरेकी हुन्छिन्। समाजका हरेक तप्का र वर्गमा मानवीयता र ज्ञान पु¥याउन नारीको सक्रियता बिना असम्भव प्रायः हुन्छ ।

अथर्ववेद १४.१.६४ लेख्दछ,

ब्रह्मापरं युज्यतां ब्रह्म पूर्व ब्र्ह्मान्ततो मध्यतो ब्रह्म सर्वतः ।

अनाव्याधां देवपुरां प्रपद्य शिवा स्योना पतिलोके वि राज ।। 

हे कन्या आफैले रोजेको पतिको सुन्दर र आनन्दित पवित्र गृहमा पुगेर, वेदका मन्त्रहरूले घरको सम्पूर्ण स्थानहरूमा– चारै तिर, अगाडि, पछाडि, अन्त्यमा, बिचमा गुञ्जायमान पारिदिनु । उक्त घर लाई एक नारीको अभावमा पैदा भएको सम्पूर्ण बाधा र अड्चनहरूबाट मुक्त गरी उक्त घर लाई हाम्रो घरको रुपमा ग्रहण गरी प्रेरणाको स्रोतको  (रानीको रूपमा चम्किएर) रुपमा घरजम गरिदिनुस् ।

ऋग्वेद १०.८५.७ लेख्दछ,

चित्तिंरा उपवर्हणं चक्षुरा अभ्यञ्जनम् । द्यौभूमि : कोशं आसीद्यदयांत्सूर्या पतिंम् ।।

चित्तिरा उपवर्हणं चक्षुरा अभ्यञ्जनम् । द्यौ र्भूमि : कोश आसीद्यदयात्सूर्या पतिम् ।।

हरेक आमाबाबुले आफ्नो छोरीलाई उपहारको रूपमा शिक्षा र ज्ञानको शक्ति दिनु अनिवार्य छ। विवाहको अवसरमा पति संग आफ्नो घर जाँदा नारीलाई दाइजोको रूपमा ज्ञान र बौद्धिकता दिइनु पर्दछ ।

वेदमा प्रस्ट सँग विवाह भनेको दुई बराबर हैसियतको पक्ष बिचको मिलन हो भनेर उल्लेख भएको छ । विवाह बन्धनमा बाँधिने कुनै पनि एक व्यक्ति अर्को भन्दा कुनै पनि आधारमा बढी वा कम महत्त्वको हुँदैन भनिएको छ । बराबर हैसियतको जोडीको प्रतीकको रूपमा शिव–पार्वती, राधा–कृष्ण, सीता(राम आदिको जोडी प्रस्तुत समेत गरिन्छ । वेदको चुरो मान्यताले के विश्वास गर्दछ भने पति र पत्नी दुवै बराबरीको हैसियतमा रहेर एक अर्काको परिपूरक बनी आजीवन जीवन व्यतीत गर्ने सङ्कल्पका साथ अघि  बढे पछि मात्र काठ, ढुङ्गा, बिस्तारा आदि युक्त मानिस बस्न लायक एउटा संरचना गृह वा घरमा परिवर्तन हुन्छ।

दुलहीको रूपमा रहेकी नारीवारे वेदका केहि भनाइहरु हेरौ ।

अथर्ववेद १४.१.२० लेख्दछ,

भगंस्वेतोनंयतुु हस्तगृह्श्रनां त्वा् प्र वंहतां रथेंन।
गृहन्गंच्छ गृहपंत्नयथासाें व्शिनी् त्वं व्दिथ्मा वंदासि ।।

दुलहीको रूपकी हरेक नारिले आफ्नो विद्वत्ता र असल गुणले घरमा सबै प्रसन्न हुने वातावरण निर्माण गर्न सक्छिन्। प्रिय दुलही तिमिले सम्पूर्ण परिवार लाई आदर्श ज्ञानले शिक्षित गर।

अथर्ववेद  १४.१.६१ लेख्दछ,

सुंकिंशु्कंवंह्तुं व्व्श्रिरुंपं हिरंण्यवर्ण सु्वृतै सुच्क्रम्।
आ राेंह सूर्यैअ्रमृतंस्य लो्कं स्या्नं पतिंभ्यो वहुतुं कृणु त्वम।।

हे हाम्री सम्पूर्ण प्रेरणाको श्रोत व्यक्ति रुपी दुलही तिमीमा अन्तर निहित धन्यता (ब्लिस) प्राप्ति मार्फत लिन सकिने आनन्दको कला हाम्रो आफ्नै परिवारको सम्पूर्ण सदस्यहरू लाई समेत सिकाएर हाम्रो जीवन लाई उद्देश्य प्राप्ति तर्फ डो¥याउ ।

अथर्ववेद १४.२.७१ लेख्दछ,

अमेकहमंस्म्सिा त्व्ं सामा्हम्स्म्यृक्त्तवं द्यौर्हं पृंथ्विी त्वंम् ।

ताव्हि सं भंवावप्रजामा जंनायावहै।।

हे मेरी पत्नी, म जुन हदमा आफ्नो क्षेत्रको ज्ञानवान छु तिमि पनि बराबरी हदमा आफ्नो क्षेत्रको ज्ञानवती छौ । म सामवेद (जरुरतका पदार्थहरू प्राप्त गर्ने उपाय बारे सुझबुझ राख्ने व्यक्ति) हुँ भने तिमि ऋग्वेद– (हरेक पदार्थको गुण पहिल्याएर त्यसलाई उपयोग गर्न सक्ने मूल्यवान् वैज्ञानिक ज्ञान कि खानि) हौ । (त्यसैले हामी एक अर्काको परिपूरक छौ) ।

अब अन्तमा ऋग्वेद १०.१९१.३ के भन्दछ हेरौँ, 

समनो मन्त्तु : समनी संमा्नं मनं ः स्ह चित्तमेंषाम् ।

संमा्न मन्त्रम्भि मंन्त्रये वः समनेनं वो ह्रविषां जुहोमि ।।

समानो मन्त्र : समिति : समानं मन : सह चित्तमेषाम् ।

समानं मन्त्रमभि मन्त्रये व : समानेन वो हविषा जुहोमि ।।

हे देवी रुपी आदर्श नारीहरू! यी मन्त्रहरू तिमीहरू लाई पनि पुरुषहरू सरह समान रूपमा उपलब्ध गराइएको छ । पुरुष र नारी दुवै बिचारमा समेत एक अर्काको परिपूरक हुन् । 

पुरुष र नारी बिचको सम्बन्ध हरपल बिना भेदभाव सदैव पारदर्शी रूपमा संयोजित रहोस् । पुरुष र नारी दुवैको मन र चेतनाको स्तर समेत आपसी परिपूरकता निर्माण होस् । वेदका सबै मन्त्रहरू पुरुष र नारी दुवैको लागि समान रूपमा ग्रहण गर्ने र उपयोग गर्ने नियतले बनाइएको हो । वेदको दृष्टिमा नारी र पुरुषलाई समान रूपमा हेरिएको तथ्य उल्लेखित वेदको समानतावादी मनोवृत्तिले प्रस्ट प्रतिबिम्बित गर्दछ । हाम्रो परम्पराले नारी र पुरुषलाई एक अर्काको परिपूरक रहेर मानवीयता युक्त समाज निर्माणमा जोड दिने गर्दछ । 

जसरी एक माता पिताले आफ्नो मुटुको टुक्रा रुपी छोरीको माथिको भेदभाव सहन सक्दैनन् त्यसरी नै हाम्रो परम्परामा नारी र पुरुष दुवै माथिको भेदभावको नीति थिएन । यथार्थमा त्यो प्रकारको भेदभाव लाई आपराधिक मानिन्थ्यो। त्यसो गर्नु दण्डनीय थियो । पुरुष र नारी बिच आपसी सहयोग र प्रशंसाको भावनाले सामाजिक प्रगतिको नेतृत्व गर्दछ भन्ने वेदको चुरो मान्यता र हाम्रो संस्कार थियो । 

तर आज अङ्ग्रेजी पढ्ने, वेदको सामान्य जनाकारी पनि नराख्ने अनि हाम्रो परम्परागत रीतिथिति विभेदकारी भएको भनेर सत्त्व सरापमा लाग्नेहरूले हाम्रो परम्परा अर्थात् वेदको मान्यतामा नारी माथि विभेद गर्ने कुरा गरेको कहाँ भेट्टाए त्यो उनीहरूलाई नै सोध्नु पर्ने विषय बनेको छ ।