काठमाडौं - मध्यपूर्वमा बढ्दो तनाव र युद्धको स्थितिबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियान अमेरिका पुगेका छन्।  मंगलबार अमेरिका पुगेका राष्ट्रपति पेजेस्कियान आज (बुधबार) संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन्।  

अमेरिकी सरकारको नियम र सुरक्षा प्रतिबन्धका कारण इरानी राष्ट्रपति र उनको टोलीलाई न्युयोर्कभित्र जथाभावी हिँडडुल गर्ने अनुमति छैन। 

उनीहरूलाई म्यानहटनस्थित होटल र राष्ट्रसंघको मुख्यालय आवतजावत गर्न मात्र छुट दिइएको छ, अन्य ठाउँमा जान पूर्व स्वीकृति अनिवार्य लिनुपर्ने छ।अमेरिकी प्रशासनले इरानी राष्ट्रपतिको मिडिया टोलीका केही सदस्यहरूको भिसा रद्द गरे पनि कूटनीतिक टोलीलाई भने संयुक्त राष्ट्रसंघको बैठकमा सहभागी हुन प्रवेश दिएको हाे।