काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको दाबी गर्दै वर्तमान पाँच महिनादेखिको द्वन्द्व अन्त्य गर्ने सम्झौतामा पुग्नका लागि यो तेहरानको अन्तिम अवसर भएको चेतावनी दिएका छन्।
तर इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गरेको छ। तेहरानले आफूले ओमानसँग हर्मुज जलमार्ग सम्बन्धी विषयमा मात्र छलफल गरिरहेको जनाएको छ।
यसैबीच ट्रम्पको बोर्ड अफ पिसले इजरायल गाँजाबाट फिर्ता हुनुअघि हमासले पूर्ण रूपमा निःशस्त्रीकरण गर्नुपर्ने बताएको छ। इजरायलले यसअघि प्रस्ताव प्रति आपत्ति जनाएपछि यस्तो धारणा सार्वजनिक गरिएको हो।
उता इजरायली सेनाको गाँजा सहरमा भएको आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ।
यस घटनापछि कतार, इजिप्ट र टर्कियेले संयुक्त विज्ञप्ति जारी गर्दै गाजा क्षेत्रमा इजरायलले निरन्तर गरिरहेको आक्रमणको निन्दा गरेका छन्।


0 comment