सोभियत सङ्घ विघटनपछिको पूर्वी युरोपको जनजीवनको यथार्थ वाचा गरिएजस्तो छैन। तत्कालन पश्चिम जर्मनीको बर्लिन सहरमा बर्लिन पर्खाल अगाडि उभिएर जून १९८७ मा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले एउटा बहुचर्चित घोषणा गरेका थिए।
‘सोभियत देशहरूले गल्ती नहुने गर्नसक्ने एउटै काम लक्ष्यतिर अघि बढ्नु हो ….. जनरल गोर्भाचेभ यदि तिमी शान्ति खोज्छौ, यदि तिमी सोभियत सङ्घ र पूर्वी युरोपको निम्ति स्मृद्धि खाज्छौ–यदि तिमी उदारवाद खोज्छौ, भने यता आऊ यस गोटतिर आऊ। गेर्भाचेभ महोदय यो गेट खोल। गोर्भाचेभ महोदय, यो पर्खाल भत्काऊ।’
नवउदारवादीहरूले ‘स्वतन्त्रता’, ‘प्रजातन्त्र’ र ‘शान्ति’ का बारेमा जति नै ठूल्ठूला कुरा गरे तापनि र जति नै बुँदाहरू सार्वजनिक गरे तापनि सोभियत सङ्घको विघटनपछिको पूर्वी युरोपको जनजीवन यथार्थमा सोभियत सङ्घविघटन गर्नुपूर्व वाचा गरिएको जस्तो पटक्कै छैन। ‘शान्ति’ र ‘समृद्धि’ का नाममा सोभियत सङ्घ विघटनको योजना बनाएका रेगन जस्ताले खटाएका मानिस र सञ्चार माध्यमहरूले गरेका प्रचारहरू आज ठीकविपरीत देखिएका छन्। आज पूर्वी युरोप र सोभियत सङ्घका पूर्व समाजवादी देशहरूमा न शान्ति छ न समृद्धि नै।
युद्ध र शान्तिको दृष्टिले नै हेर्ने हो भने पनि कसैले पनि भन्न सक्दैन कि १९९१ पछिको अवधि शीतयुद्धको युगभन्दा शान्तिपूर्ण र स्थिर छ। संरा अमेरिकाले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो ९ल्ब्त्इ० लाई रुसको द्वारसम्मै विस्तार गरिसकेको छ। पूर्व सोभियत सङ्घका लाटभिया, लिथुआनिया र इस्टोनियालगायत अधिकांश गणराज्यहरु, बाल्टिक देशहरू तथा पोल्याण्ड र जर्जियालाई समेत नेटोमा प्रवेश गराइसकेको छ। त्यतिखेर नै नेटोले बाल्कन क्षेत्रमा बहुद्देश्यीय विध्वंसक युद्ध बढाएको थियो। संरा अमेरिकाले युगोस्लाभियामा अपराधपूर्ण बमबारी गरेको थियो, जुन हमलाको क्रममा ठूलो सङ्ख्यामा युद्ध अपराध भएको निष्कर्ष एम्नेष्ट इन्टरनेसनलले त्यतिखेर निकालेको थियो।
नेटोले अझै अगाडि बढेर बेलारुस र युक्रेनलाई आफ्नो घेरामा तानेको छ। ती देशहरू पहिले असंलग्न राष्ट्र थिए र आज गृहयुद्धका कारण आक्रान्त छन्। युक्रेनको गृहयुद्ध रुस समर्थित पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचको सरकारविरुद्ध संरा अमेरिकाद्वारा सहयोग गरिएको ‘कू’ को प्रत्यक्ष परिणति थियो। संरा अमेरिका समर्थित नवउदारवादी गठबन्धनको मिखाइल साकाश्भिल्लीको जर्जियाली सरकार २००८ को रुससितको अघोषित युद्धको निम्ति जिम्मेवार थियो। ती युद्ध नाटो साझेदार जर्जियाबाट दक्षिण ओसेसिया र आखाजिया गणतन्त्रहरू छुट्टिएकोलाई लिएर भएको थियो। युरोपेली सङ्घको स्वाधीन प्रतिवेदन २००९ को निष्कर्ष थियो–गत वर्षको रुस–जर्जिया युद्धको अनुसन्धान गर्दा जर्जियाली राष्ट्रपति मिखाइल साकाश्भिलीको आजको निन्दनीय स्थान देखा पर्यो टिशिनभिली सहरमा असङ्ख्य रुपमा तोपहरू राखेको जर्जियाली सरकारको आरोपसँगै युद्ध सुरु भएको थियो।
युरोपको युद्धलाई छाडेर पनि पश्चिमा प्रभुत्वले मध्यपूर्व र उत्तर अफ्रिकामा असङ्ख्य मृत्यु र विध्वंसहरू ल्याएको छ। जसको परिणामस्वरुप आर्थिक रुपमा ताट पल्टेका दक्षिणी र पूर्वी युरोपेली देशहरूमा शरणार्थीहरूको बाढी नै आएको छ र ती देशले शरणार्थीहरूलाई बलीको बोको बनाइरहेका छन्। शरणार्थी समस्या वृद्धिको पछाडि सामाजिक–आर्थिक तत्व भएको कतिपयको बुझाइ छ तर त्यसलाई संरा अमेरिका–नेटो युद्धको परिणाम हो भनी बुझ्दा गल्ती हुने छैन।
हो निश्चय पनि जनमतको सबभन्दा महत्त्वपूर्ण उप्रेरक तत्व उठ्दो जीवनस्तर वा जीवनको गुणस्तर हुने गर्छ। तर त्यस भावात्मक सूचकको पछाडि रोजगारको अवसर, तुलनात्मक क्रयशक्ति, स्वास्थ्योपचार सेवामा पहुँच र शिक्षामा पहुँचलगायत धेरै–धेरै कुरा पर्ने गर्छन्। यस दृष्टिले विचार गर्दा पूर्वी युरोपका अधिकांश देशहरू सोभियत सङ्घ र समाजवादी व्यवस्थाको अवधिमा स्वर्गीय अवस्थामा थिए। यसको अर्थ त्यतिखेर समस्या नै थिएन भन्ने होइन तर त्यतिखेर जनताले सामना गर्ने समस्या आज तिनीहरूले सामना गरिरहन परेको समस्याभन्दा भिन्नै र निकै हलुकाखाले थिए।
एक नेतृत्वदायी सर्वेक्षण सङ्गठन–ग्यालुपले २०१३ मा गरेको एक विस्तृत मत सर्र्वेक्षणको परिणामअनुसार पूर्व सोभियत गणतन्त्रहरू (१५ मध्ये ११) का जनतामध्ये आधाभन्दा बढीले (५१ प्रतिशत) ले सोभियत सङ्घको विघटनले आफ्नो देशलाई हानी पुगेको बताएका थिए भने २४ प्रतिशतले मात्र फाइदा भएको बताएका थिए। यस तथ्याङ्कलाई एकक्षण विचार गरौं: पूर्व सोभियत गणतन्त्रहरूका दुईतिहाइभन्दा बढी जनता सोभियत सङ्घको विघटनले राम्रोभन्दा नराम्रो गरेको धारणा राख्छन्। त्यो भनेको रेगन र कम्पनीले सोभियत सङ्घ विघटन अगाडिका वर्षहरूमा वाचा गरिएजस्तो स्वतन्त्रता र समृद्धिको युगभन्दा विध्वंसको छद्म चाल बढी देखियो।
धेरै नवउदारवादी मानव शास्त्रीहरू नयाँ पुस्ता भविष्यको बारेमा बढी सकारात्मक भएको धारणा राख्छन्। यो धारणा तथ्यको तोडमरोडमात्र हो र कुनै कारणले आफ्नो मातृृभूमि छोडेका युवाहरूको आफूमा क्षमता छ भन्ने भावनाको सामान्य प्रतिविम्वमात्र हो। अर्थशास्त्रीहरू माइकल हडसन र जेफ्री सोमर्सले लाटभियाको स्थिति अध्ययन गरिसकेपछि यस्तो निष्कर्षमा निकालेका छन्:
‘नवउदारवादी कटौतीले स्तालिनको पछाडि हटाई (१९४० को दशकको) भन्दा बढी जनसाङि्ख्यक घाटा गरेको छ। स्तालिनको पछि हटाई तत्कालीन विश्व युद्धको ज्वालाबाट जनतालाई बचाउनका निम्ति थियो। अहिले सरकारले शिक्षा, स्वास्थ्योपचार र अरु आधारभूत सामाजिक पूर्वाधारहरूमा गरिएको कटौतीले लामो अवधिसम्मको विकासमा क्षति पुग्ने खतरा देखिन्छ। युवाहरू रोजगार विनाको अर्थतन्त्रमा बाँच्नुभन्दा बसाइसराइ गर्नु उचित ननिरहेका छन्। लाटभियाको जनसङ्ख्याको १२ प्रतिशतभन्दा बढी युवा (श्रम शक्तिको हिसाबले त्यसभन्दा बढी प्रतिशत हुन आउँछ) अहिले विदेशमा काम गर्छन्।’
सारमा, युरोपेली सङ्घ आबद्ध पूर्व सोभियत गणतन्त्रहरूले सामाजिक र आर्थिक जनजीवनका हरेक क्षेत्रमा गहिरो सङ्कट सिर्जना गरेका छन्। जन्मदरमा निरन्तर गिरावटदेखि टुहुरा केटोकेटीहरूको विस्फोटक रुपमा वृद्धिले चम्किलो भविष्यको नाराप्रति कुनै आशाको किरण देखिंदैन।
त्यसबाहेक पनि सोभियत सङ्घ विघटन पछिको अवधिमा जातीय राजनीतिको खतरनाक लहरलाई उठाइदिएको छ। त्यसबारे यी देशका सरकारहरूले बहुसङ्ख्यक जातिको पक्षमा ब्रसेल्स र वासिङ्टन सम्झौतामा सहमति जनाएका छन् र जुन सम्झौतामा जातीय अल्पसङ्ख्यक, विशेष गरी रुसीहरूलाई दानवीकरण गरिएको छ।
यथार्थमा, आर्थिक मन्दी र त्यसको रोक्नै नसकिने असर पूर्व सोभियत सङ्घका हरेक देशका समाजमा देखा परेको छ। उदाहरणको निम्ति रोमानिया सन् २००७ मा युरोपेली सङ्घमा आबद्ध भयो, तर आज रोमानियाका सबभन्दा समृद्ध सहरहरू समेत भ्रष्ट ठेकेदारहरूले छाडेका सयौं अपूर्ण निर्माणाधीन भवनहरूले भरिन थालेका छन्। ३० लाख सहरिया बसोबास गर्ने सहरको सानो क्षेत्र र शासकहरूको सानो भित्री सर्कलमा मात्र चाउचेस्कु युगबाट केही अघि बढेको परिवर्तन देखिएको छ।
यो त्यही देश हो, जसलाई आईएमएफले सङ्कटग्रस्त ग्रीसलाई नदिई ठूलो ऋण दिएको थियो। रोमानियाले नवउदारवादले थोपेको मितव्ययिता (कटौती) को अनुभव गरेको छ।
त्यसको परिणाम सार्वजनिक क्षेत्रको ज्याला कटौती, बिक्री करमा व्यापक वृद्धि र सामाजिक सेवाहरूजस्तो रोजगारी, मातृशिशु कल्याण कार्यक्रम र अपाङ्गहरूलाई सुविधामा व्यापक कटौती गरिएको छ।
त्यस्तै खालको दृश्य पूर्वी र दक्षिण युरोपका सबैजसो देशमा र जर्मनी स्वयम्मा समेत देखिएको छ। जर्मनीमा दसौंलाख जर्मनहरू समाजवादी पूर्वी जर्मनी फर्काउने पक्षमा छन्, असङ्ख्य जर्मन पेशाकर्मीहरू र प्राग्यहरूसमेत काम र सुविधाबाट निकालिएका छन्। आयमा असमानता चुलिंदो छ र जातीय आगोको अमेरिकी शैलीको तनाव पूर्वी युरोपमा पनि भित्रिएको छ, तर बहुमत जनताले स्पष्ट रुपमा यस्तो चाहेका छैनन्। त्यतिमात्र होइन, आर्थिक कठिनाइबीच नवउदारवादी सम्झौताहरूप्रति वामपन्थीहरूले चुनौती दिन पूर्णतया असफल हुँदा अति दक्षिणपन्थी फासिवादी पार्टीहरूको साख बढिरहेको छ। यतिखेर पूर्वी युरोपले खतरनाक ऐतिहासिक क्षण सामना गरिरहेकोमा कुनै आश्चर्य छैन, त्यो यसको लामो अवधिसम्मको भविष्य मुख्य विशेषताको रुपमा देखा परेको छ।
त्यस्तै अहिले पूर्व सोभियत गणतन्त्रका जनताको उल्लेख्य भाग सोभियत विघटन अगाडिको स्वर्णिम दिनहरू सम्भि्करहेको तथ्य कुनै अचम्मको कुरा होइन। तिनीहरूले अहिले सबै प्रकारका कष्टहरू, उपभोग्य वस्तुको अभाव, प्रहरी राज र धेरै कुरा भोगिरहेका र सम्भि्करहेका छन्।
तर तिनीहरूले सोभियत सङ्घको समाजवादमा रहेको परिवारका साथ महिना दिन लामो वर्षे बिदा, रोजगारको सुनिश्चितता र पर्याप्त आम्दानी, निःशुल्क र अनिवार्य स्वास्थ्योपचार र शिक्षा आदि पनि सम्भि्करहेका छन्। सोभियत सङ्घमा भएका ती व्यवस्थाहरूलाई पश्चिमा साम्राज्यवादको योजनावद्ध भनाइमा लागेर एकएक गरी मेटाउँदै गए। पूँजीवादमा पूँजीले सर्वोच्चका रुपमा राज गर्छ र त्यसको भनाइलाई चुनौती दिइँदैन र त्यसको विपरीत ईश्वरको वाण्ी नै भए पनि त्यसलाई मानिदैन।
पूँजीवादी व्यवस्था कुनै पनि रोगको उपचार हुँदै होइन। पश्चिमा शैलीको पूँजीवाद र (नवउदारवाद) ले सोभियत सङ्घ विघटनपछिको वर्षहरूमा नयाँ किसिमको कठिनाइ लादेको छ। राज्यको तहबाट ती वस्तुहरू अहिले पैसा तिरेर किन्न सक्नेका निम्ति उपलब्ध छन् तर दुर्भाग्यवश अत्यन्त बहुमत जनता किन्ने क्षमता राख्दैनन्। तिनीहरूले अहिले थोरै वस्तुको निम्ति धेरै काम गर्नुपर्छ। तिनीहरू आफ्ना केटाकेटी राम्रो अवसरको खोजीमा देश छाडेर नभागून् भन्नका निम्ति पनि बढी काम गर्नुपरेको छ। समाजवाद पछिको पूर्वी युरोपमा अमेरिकी सपनाको यथार्थ यही देखिएको छ।
(Life after the USSR: Buying the Dream, Living the Neightmare By Eric Draister) – Telesur English
अनुवाद: प्रकाश
0 comment