रामशरण पाण्डे
नेपालका विभिन्न जाति विभिन्न स्वर्थमा बनाइएको जनजाति बने। हजारौं वर्ष देखि यो देशलाई रगत पसिना सिंचित गरेर देश निर्माण गर्ने सयौं जातजातिहरु हुन्। उनीहरुका आ-आफ्नै संस्कृति, रितिरिवाज छ। उनीहरुको आफ्नै मातृभाषा छन्। यीमध्य धेरै जसो विदेशी उक्साहटमा नपरेर खुम्चिएर बसेका छन्। तर इन्डिया देश बनेदेखि योजनावद्ध रुपमा नेपालमा हिन्दि भाषाको प्रभाव बन्ने क्रममा थियो। सँगै राणाशासनको समयमा शिक्षाको अभाव अर्को पक्ष रह्यो। सबै जसो स्थानीय भाषाहरुका लेख रचनाको महत्व सकिँदै गयो।
यस्तो क्रम सँगै केहि इन्डियन रोजगारीका लागि नेपाल भित्रिंदा उनीहरु आपसमा बोल्ने भाषा हिन्दि बने भने २००७ सालपछि नेपालको राजनिति नै इन्डियन योजना र सहयोगमा चल्न थाले पछि त तराइको अधिकांस विद्यालयहरुका पाठ्यक्रम नै हिन्दीमा संचालन हुन थाल्यो। त्यँहीबाट नेपालमा हिन्दीको प्रभाव बढ्दै गयो। त्यस भन्दा पहिला नेपालको तराइमा मैथली, भोजपुरी अवधि लागायत भाष चलनचल्तीमा थियो। विभिन्न स्थानीय भाषा त छँदै थियो।
राणाशासनकालमा नेपालमा शिक्षाको अभावसँगै इन्डियामा अध्ययन गर्नु पर्ने बाध्यता त छँदै थियो। त्यसैले केहि सक्षम र शिक्षाको महत्व बुझेकाहरु इन्डियामा पढ्न गए। पछि पढेलेखेका प्राय व्यक्तित्वले हिन्दीलाई प्रमुखता दिन थाले।
आम मानिसका आगाडी हिन्दीमा कुरा गरे पछि शिक्षित र ठुला मानिस होइन्छ भन्ने अल्पज्ञानको भ्रमले स्थान पायो। जसरी आजकाल अंग्रेजीमा कुरा गर्ने मानिस ठुला मानिन्छन्। त्यस्तै ठुला देखि पल्टनेहरु बाटै नेपालमा खासगरी काठमाडौंमा हिन्दि भाषा चल्न थाले। यो सँगै गोर्खा भर्तिद्वारा नेपालका गाँउगाँउको युवा इन्डियन सेना हुने क्रममा हिन्दि गाँउ गाँउ पुग्यो। इन्डियन च्यानल सहज उपलब्ध हुनु हिन्दि सिनेमा विना रोक्टोक सिनेमा घरमा चलाइनुले हिन्दि संस्कृति भित्रिन सफल भयो। २००७ सालको परिवर्तन र त्यसैको जगमा २०४६ को बहुदलीय प्रजातन्त्र भित्रीएसँगै अहिले हिन्दि भाषा नेपालको राष्ट्रिय भाषा हो भन्नेहरु र रोटि र बेटीको सम्बन्धसँगै भान्जा भान्जी र उतैको नागरिकहरु नेपालको सांसद बने, मन्त्री बने, कोहि बिहे गरेर ल्याइयो। उनीहरु नेपालको सत्तामा पुगे पछि नै नेपालमा भाषाको विवाद उठेको हो।
अर्को तर्फ जब जनमत संग्रहको बेला बहुदललाई जिताउन इन्डियन सहयोगमा दलहरुले इन्डियन नागरिकहरुलाई भोटर बनाउन थाले, त्यसले अर्को समस्या थपियो। उता पंचायतका प्रधानमन्त्री सूर्य बहादुर थापाले पंचायतलाई जिताउने नाममा लाखौं इन्डियनलाई तराइको भोटर बनाए। यसरी नेपालमा दशौं लाखको संख्यामा इन्डियन भोटर बने पछि नेपालमा लगातार इन्डियन नागरिकको उपस्थिति बढ्दै गयो।
२०३६ साल बैशाख २० गतेको जनमत संग्रहको तथ्यांक अनुसार बहुदलको पक्षमा तराइमा झन्डै ६७% भोट हाल्नुलाई लिन सकिन्छ। यी मतदाताहरुको भाषा त हिन्दि हुने नै भयो। नागरिता विधेयक पास नगरेकै कारण दरवार हत्याकाण्ड भयो। दरवार हत्याकाण्ड पछि अझ २०६४ पछि गिरिजा कोइरालाको योजनामा झन्डै ४७ लाख इन्डियन नेपाली भोटर मात्र होइन नेपाली नगरिकता नै लिएका छन्। यसरी ठुलो संख्यामा इन्डियन नागरिक भित्र्याइएपछि हिन्दी भाषालाई नेपालको संविधानमा हाल्न शेरबाहादुर देउवा, प्रचण्ड, ओली सबै तयार बनेकै हुन्। यिनै इन्डियन नागरिकहरुको मत नै नेपालमा निर्णायक बनेको छ।
अहिले हिन्दी भाषामा राष्ट्रियता देख्ने अन्धा पण्डितहरु तथा संवैधानिक मा्न्यता दिँदै नेपालमा भारतीय अस्तित्व स्वीकार गर्न खोज्ने लालबुझक्कडहरुले पण्डित जवाहरलाल नेहरुले लेखेको "द डिस्कभरी अफ इण्डीया" भन्ने पुस्तक, जुन पुस्तक राष्ट्रसंघको सदस्यता प्राप्त गर्ने प्रमाणका लागि नेपाल सरकारले पेश गरेको छ, पढे भने नेपालको जनसंख्या र भाषा थाहा पाउने थिए। जब १२ बुँदे मार्फत फेरी नेपालको सत्ता भारतलाई जिम्मा दिइसके, राजनैतिक दलालहरुको कुरा गर्नुको कुनै अर्थ छैन । अहिले नेपालको शासनमा इन्डिया र सँगसँगै पश्चिमा हाबी भएकै छ। नेपालको राजनीतिमा इन्डियाको प्रभाव कै कारण नेपालमा ठुलो उद्योग इन्डियनको छ। ठुला व्यापार इन्डियन कै छ। नेपालको ठुला प्लट जग्गा इन्डियन कै छ ।
त्यति मात्र होइन, नेपालको कुल ऋण अर्थतन्त्र ५० खर्बमा करिब ३० खर्ब त यिनै १०० जना इन्डियनको हातमा छ, जो आफुलाई माडवाडी भन्छन्, उधोगपति भनि चिनाउँछन्। नेपालको वर्तमान नेतृत्व यिनैको पछाडी लाग्छन्। त्यसैले त इन्डियन सचिव आयो भने रातारात होटलमा लाइन लागेर भेट्न पुग्छन्। माथि उल्लेख गरेका १०० जना इन्डियन भागे भने नेपालको अवस्था के हुन्छ, कसैले सोचेको छ ?
इन्डियन पछि नेपालको राजनीतिमा युरोप्को प्रभाव छ। युरोपले योजनावद्ध रुममा भिभिन्न आइएन्जिओ संचालन गर्दै नेपालको ठुलो राजनैतिक दल एमालेलाई प्रभाव पार्यो। त्यसैको परिणाम अहिले प्राय सबै जिल्लाका एमाले नेताहरु आइएन्जिओ र एन्जिओको संचालक छन्।
यत्तिले नेपालको राजनीतिलाई ठुलो प्रभाव पार्न सकेन। एन्जिओको निरन्तरताको रुपमा धर्म, जाति र जनजाति भन्दै माओवादीमा प्रवेश गर्यो। जब नेपालमा माओवादी शक्तिशाली बन्यो, नेपालको रितिरिवाज, धर्म, संस्कृति परम्परा सबै सक्ने काम भयो। नेपालले मानि आएको विम्वलाई भत्काउने काम भयो। यसलाई एकाथरिले परिवर्तनको जामा लगाइदिए। यी सबैको कुल जोड भनेको नेपालमा हिन्दि भाषालाई प्रथामिकता दिनु। एनजीओको नाममा नेपाललाई गरिब र माग्ने बनाउनु। आफैं केहि गर्न सकिन्न भनि हिनता बढाउनु। नेपालको राजनैतिक निर्णयमा विदेशीको स्वार्थ प्रष्टिनु। कुल बजेटको ११% बजेट शिक्षामा खर्चिँदा पनि कुनै परिणाम नआउनु। राम्रो शिक्षाको लागि विदेसिन बाध्य बन्नु। राम्रो स्वस्थ उपचारका लागि विदेसिन बाध्य बन्नु। शिक्षित युवायुवतीहरु श्रम बेच्न विदेशिन बाध्य हुनु।
यी र यस्ता घटना सबैको कारक तत्व भनेको नेपालमा विभिन्न नाममा एजेन्ट राजनीति फष्टाउनु हो। यसले नेपाललाई बिस्तारै असफल बनाइ बिघटनतिर लान्छ। यस तर्फ नेपालका विद्वान, शिक्षित युवायुवतीहरु निजी स्वार्थमा केन्द्रित नभई देशहितको भावले सचेत हुन जरुरी छ। नत्र पछुताउनु बाहेक के नै बाँकि रहनछ र ?

0 comment