प्रा.डा. श्रीरामप्रसाद उपाध्याय

नेपालको एकीकरणपूर्व पश्चिममा पूर्वका सेन राज्यहरू पाल्पा र तनहुँ तथा पूर्वमा मकवानपुर, चौदण्डी र विजयपुर सेन राज्यअन्तर्गत पर्दथे ।
मकपावनपुरको सेन राज्यः यक्ष मल्लको मृत्युपछि मल्ल राज्य विभाजित हुनुका साथै मल्ल राज्यहरू आपसी संघर्षमा लाग्न थालेका थिए । यस्तैमा नेपालको पश्चिम नेपालमा सेनवंशी राजाको उदय भयो । यस्ता सेनवंशी राजामा पाललाका राजा मकुन्दसेन प्रथम अत्यन्त प्रभावशाली राजा थिए । यिनका छोराहरू पिताजतिकै महत्वाकांक्षी थिए । यिनका कान्छा छोरा लोहाङसेनले मकवानपुरको स्वतन्त्र राज्य बनाएका थिए । यिनले मकवानपुरदेखि विजयपुरसम्म आफ्नो राज्यविस्तार गरेका थिए । यस राज्यभित्र पूर्वका इलामसम्मको पहाड र तराईतिर सोमेश्वरको दक्षिणको चम्पारनसम्मको भूभाग पर्न गएको थियो ।

लोहाङसेनले पूर्वमा विजयपुरसम्म आफ्नो राज्यविस्तार गरिसकेपछि कोसी नदीको किनारामा आई वराहजीको मन्दिर स्थापना गरी गुठी राखी मेलाको पनि व्यवस्था गरेका थिए । इमानसिंह चेमजोङको लेखाइअनुसार लोहाङसेनले विजयपुरको पश्चिम चतरामा गई वराहक्षेत्रमा वराहरूपको विष्णुको मन्दिर बनाई बराहको मूर्ति स्थापना गरेका थिए । साथै त्यो मन्दिरको स्याहार गर्न सन्न्यासीहरूलाई गुठी राखिदिएका थिए । फेरि उनको स्मृतिमा वराह क्षेत्रमा मेलागरी गरिबहरूलाई दान ज्ञानमणि नेपालको भनाइअनसार मकुन्दसेन प्रथमको विजयभन्दा अघि कौशिकी प्रदेशमा बाहुन–क्षत्रीको प्रदेश थिएन । यिनको विचारमा महालङ्गुरका दक्षिण फेदीबाट रमाएर निस्केको दूधकोसीमा नुहाउने आर्यपुरुषहरूमा पलिहे मुकुन्दसेनकै राज्यका बाहुन र क्षत्री देखिन्छन् ।यी राजाका छोरा लोहाङसेनका राज्यकालमा त्यस प्रदेशमा आर्य परिवारका बाहुन क्षेत्रीका वसतीहरू बस्न थालेका हुन् ।

कोचे राजा विजय नारायणलाई युद्धमा जितेर लोहाङसेनले मोरङ राज्यलाई आफ्नो राज्यमा मिलाएका थिए । कोचे बङगाली हिन्दू भएको विश्वास गरिन्छ ।
लोहाङसेनका सात पत्नीहरू :

१) अनुपावती २) कल्याणमती ३) साहेवदेवी ४) दुलहिनीदेवी ५) कोइलावती ६)कपूरावती ७) गङ्गादेवी ।

लोहाङसेनको मृत्युपछि यिनका छोरा राघवसेन मकवानपुरको राजगद्दीमा बसेका थिए । राघवसेनपछि उनका छोरा हरिहरसेन मकवानपुरका राजा भएका थिए । हरिहरसेनले दक्षिणतर्फ आफ्नो राज्यविस्तार गी मकवानपुरलाई एउटा बलियो राज्यका रुपमा रुपान्तरण गरेका थिए । यिनले हिन्दूपतिको उपाधि धारण गरेका थिए । यसपछि नै पूर्वका सेनहरूलाई हिन्दूपति भनी सम्बोधन गर्न थालिएको थियो । यसका साथै यिनीहरूलाई पूर्वका बादशाह पनि भन्न थालिएको थियो ।
हरिहरसेनले कुचविहारकी राजाकी छोरीसँग विवाह गरेका थिए । कुचविहारकी राजाकी अर्की छोरीसँग कान्तिपुरका राजा पताप मल्लले विवाह गरेका थिए । यस सम्बन्धले गर्दा कान्तिपुर र मकवानपुरको राम्रो सम्बन्ध थियो । एक पटक हरिहरसेनका सेना प्रताप मल्ललाई सहयोग गर्न कान्तिपुर आउन लाग्दा बाटामा विरोधीहरूले झूटो कुरा लगाइदिएको हुनाले उक्त सेना बाटाबाट नै फर्कियो । यस घटनाले गर्दा दुवैबीचको सम्बन्ध बिग्रन गयो ।

उपत्यकाका मल्ल राज्यहरूमा पिता जीवित छँदा नै राजकुमारहरूले पितालाई गद्दीच्युत गरी आफैँ राजा हुने गर्दथे । कान्तिपुरका राजा प्रताप मल्ल र ललितपुरका राजा श्रीनिवास मल्लले आ–आफव्ना पितालाई निष्कासित गरी आफैँ राजा भएका थिए । यसको प्रभाव पूर्वका सेन राज्यमा पनि पर्‍यो । यस्तैमा मकवानपुरका युवराज शुभसेनले आफ्ना पिता हरिहरसेनका विरुद्धमा प्रतापमल्लसँग सहयोग मागेका थिए । प्रताप मल्लको मृत्यु भएपछि श्रीनिवास मल्लले शुभसेनलाई सहयोग गर्ने कामलाई निन्तरता दिई नै रहेका थिए । यस काममा शुभसेनलाई गोरखा र लमुजुङले पनि सहयोग गरेका थिए । शुभसेन पितालाई पदच्युत गरी स्वयम् मकवानपुरका राजा भएका थिए । यसै गृहयुद्धबाट फाइदा उठाई शुभसेनका भतिजा विधाता इन्द्रसेनले विजयपुरको राजगद्दी हत्याएका थिए । यस घटनाले गर्दा पूर्वको सेनराज्य मकवानपुर र विजयपुर गरी दुई राज्यमा विभाजित यो । यस घटनाले गर्दा काका र चौविसे राजहरूको सहयोग लिई एकअर्कामाथि आक्रमण गर्ने गर्दथे । यस्तैमा शुभसेनले ठूलो धोका खाएका थिए । यिनका विश्वासपात्र मन्त्री पद्युम्न उपाध्याय र परशुराम थापालगायतका मानिसहरू कसैलाई थाहा नदिई चुपचाप पूर्णियाका नबाब इस्फुन्दियार खाँसँग भेट्न गएका थिए । नबाब इस्फुन्दियार खाँको सहयोगबाट शुभसेनलाई कैद गरिएको थियो । यो खबर थाहा पाएपछि विधाताइन्द्रसेन काकालाई छुटाउन ठूलो फौजका साथ आएका थिए । यिनले काका शुभसेनलाई कैदबाट छुटाएका पनि थिए । तर कालु उपाध्यायले छलकपट गरी काका शुभसेन र भतिजा विधाताइन्द्रसेन कैद गरे । यी दुवै काका र भतिजालाई कैद गरी दिल्ली पठाइएको थियो । यस्तो परिस्थितिमा यी दुई राज्यमा सरकारविहीनको अवस्था सिर्जना भएको थियो । यस्तो अवस्थामा रहन नदिन यी दुई राज्यका मन्त्रीहरूले शुभसेनका दुई छोरामध्ये महीपतिसेनलाई विजयपुर र माणिकसेनलाई मकवानपुरको गद्दीमा राखेका थिए । यी दुई राज्यको सोध पूर्वमा कमलानदी राखिएको थियो ।

माणिकसेनको मृत्युपछि यिनका छोरा हेमकर्णसेन मकवानपुरको गद्दीमा बसेका थिए। मकवानपुरको दरबारमा चलेको सङ्घर्षको परिणामस्वरुप अर्को राज्यको स्थापना भयो । यस राज्यलाई चौदण्ड नाम दिइयो । यस राज्यका राजा माणिकसेनका अर्का छोरा जगत्सेनलाई बनाइएको थियो ।

हेककर्णसेनको मृत्युपछि दिग्बन्धनसेन मकवानपुरका राजा भएका थिए । हेमकर्णसेनकी छोरी इन्द्रकुमारीसँग पृथ्वीनाराणण शाहले विवाह गरेका थिए । हेमकर्णसेनको मृत्युपछि वि.स. १८१९ (सन् १७६२) मा मकवानपुरलाई गोरखा राज्यमा मिलाइएका थिए । यसरी मकवानपुरका अन्तिम राजा दिग्बन्धन समेत थिए ।