काठमाडौं - कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ।
चीनमा अबको केही महिनामा ८० करोड जति मानिसमा संक्रमण देखिने चीनका स्वास्थ्य अधिकारीले आंकलन गरेका छन्।
चीनमा कोरोनाबाट सोमबार दुईजना र मंगलबार ५ जनाले ज्यान गुमाएका छन्। चीनका साथै जापान र दक्षिण कोरियामा पनि कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ।
विश्वमा फेरी कोरोना संक्रमण बढ्दै गएपछि भारतको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै हरेक दिन आउने कोरोना बिरामीको स्वाबको नमूना जीन सिक्वीन्सिङका लागि प्रयोगशालामा पठाउन सबै राज्यलाई अपिल गरेको छ।
सूचनामा भनिएको छ,' विभिन्न विधि अपनाएर अहिलेसम्म कोरोना संक्रमण रोक्न भारत सक्षम भएको छ। चीन,जापान,ब्राजील, दक्षिण कोरिया र अमेरिकामा कोना तीव्ररुपमा फैलिरहेको छ। आगामी दिनमा संक्रमण रोक्न जीन सिक्वीन्सिङ गरेर भेरियन्ट नियन्त्रणमा लिनुपर्छ।'
मंगलबार भारतमा ११२ जनामा कोरोना संक्रमण देखिएको छ। हाल भारतमा ३४९० जना सक्रिय संक्रमित रहेका छन्।
0 comment