काठमाडौं - प्रहरीले ८ करोड बराबरको क्यान्सरको नक्कली औषधिसहित उत्पादन तथा बिक्री गर्ने गिरोह पक्राउ गरेको छ।
दिल्ली प्रहरीले मंगलबार क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री गर्ने दुई इन्जिनियर, एक डाक्टर र एक व्यवस्थापन पढ्दै गरेका विद्ध्यार्थीसहित सातजनालाई पक्राउ गरेको हो। अन्य तीनजना फरार छन्।
प्रहरीका अनुसार क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री वितरण गर्ने हरियाणास्थित सोनीपतमा एक फ्याक्ट्री र गाजियाबादको एक गोदाम नष्ट गरिएको छ।
गाजियाबादको गोदामबाट क्यान्सरका औषधिहरू प्याक गरेर अन्त पठाउने गरेको प्रहरीको बताएको छ। कारोबारमा संलग्न दुईजना डा.पवित्र प्रधान र शुभम मन्ना नोएडाको सेक्टर ४३ मा फ्ल्याटमा बस्दै आएका थिए।
उनीहरूले देशभर औषधि वितरण गर्न 'वी फास्ट'कुरियर' बुक गर्ने गरेको खुलेको छ।
0 comment