दीर्घराज प्रसाईं  

विक्रम संवत् २०७४ सालको नयाँबर्ष वैशाख १ गते प्रारम्भ भएको छ । मेष संक्रान्ति नयाँ बर्षको आगमन हो । यो साल वैशाख १ गते ईस्वी संवत् १४ अप्रेल २०१७ मा परेको छ । विक्रम संवत्लाई विस्तापित गरेर ईस्वी संवत् लागु गर्ने षडयन्त्रको कारणले विक्रम संवत् नेपालको संवत् होइन, यो भारतको संवत् हो, यो विदेशी संवत् हटाउनु पर्छ भन्ने स्वदेशी र विदेशीहरुले अनेकौं तर्कवितर्क गरेर विक्रम संवत्लाई विवादास्पद समेत बनाइइएको छ । यसको कारण छ कि हाम्रा दुई सम्मानीत व्यक्ति चक्रपाँणि चालिसे र इतिहासविद नयराज पन्तले अनुमानकाभरमा विक्रम संवत्को उठान भारतमा भएको हो भनेकाले यसबारे भ्रम हुन गएको छ । चक्रपाँणि चालिसेले कालीदासको मेघदूत नेपालीमा अनुवाद गर्दा उनले लेखे– ‘कालीदासको समयका विक्रमादित्य चन्द्रगुप्त द्वितीयले नैं विक्रम संवत् उठान गरेका थिए ।’ यसले गर्दा नेपाली जनमानसमा भैम सिर्जना हुन गएको हो । वास्तवमा विक्रम संवत् उठान भएको ४०० बर्ष पछिका गुप्तवंशी समुन्द्रगुप्तका बाबु चन्द्रगुप्तले आफूलाइृ विक्रमादित्यको उपाधि धारण गरेको आधारमा नैं विक्रम संवत् उनैले उठान गरेको भन्नु इतिहास सम्मत् कुरा होइन । यस्तै चाँगुनारायणमा स्थित मंदिरमा मानदेव प्रथमले उल्लेख गरेका संवत् ३८६ लगायत मानदेवका सबै अभिलेखहरुमा उल्लेखित संवत्हरु शक संवत् हुन् भन्ने लिच्छवि संवत्को निर्णय भन्ने पुस्तकमा इतिहासविद् नयराज पन्तले उल्लेख गरे । यसो भएपछि विक्रम संवत्को उठान कहाँ भएको भन्ने कुरामा विवाद उठ्ने नैं भयो । तर कपोकल्पित तर्क प्रस्तुत गरेका भरमा इतिहास बोल्दैन । इतिहासले सत्य कुरा मात्र खोज्छ । इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नु भएको छ– ‘जुन समय ई.पू.५८ बर्षमा यो संवत् उठान भएको थियो उस समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिदैन । उज्जयनीका खण्डहरुको उत्खनन् हुँदा पनि त्यससमयमा विक्रमादित्य भएको चिन्ह भेटिएको छैन ।’

विक्रम संवत् विस्तापित गर्न सर्वप्रथम नेवार समूदायले विक्रम संवत् विस्थापित गराउने अनेको तर्कहरु प्रस्तुत गर्न लागे । इतिहासविद भूवनलाल प्रधान समेतले लेखे– ‘विक्रम संवत् विदेशी संवत् हो । चन्द्रशम्सेरको पालादेखि विक्रम संवत्लाई जवरजस्त लागु गरिएको हो ।’ यसको कारण थियो कि विक्रम संवत्.२०२२ भन्दा अगाडिसम्म नेपालमा विक्रम संवत् र नेपाल संवत् बारेमा कुनै मुद्धा उठाइएको थिएन । २०२२ सालमा रेडियो नेपालबाट नेपाली, अंग्रेजी, हिन्दी र नेवारी भाषाबाट समाचार प्रशारण हुन्थ्यो । हिन्दी र नेवारी भाषाबाट मात्र समाचार प्रसारण हुँदा अन्य भाषाभाषीहरुले चित्त दुःखाएकाले सबै भाषालाई रेडियोबाट प्रार्थमिकता दिलाउन कठिनाई भएकाले २०२२ सालदेखि राष्ट्रभाषा नेपाली र अन्तर्राष्ट्रिय भाषाको रुपमा अंग्रेजीबाट मात्र समाचार भन्ने परिपाटी कायम् भएपछि नेवार जातिले चित्त दुःखाएर नेपाल संवत् र नेवारी भाषालाई आधार बनाएर संगठीत हुने जातीय संगठन खोले । उक्त संगठनमा भूवनलाल प्रधान, प्रेमबहादुर कन्साकार, मानिकलाल श्रेष्ठहरु सशक्त भएर लागे । भूवनलाल प्रधान कहलियाका राष्ट्रवादी थिए । उनी २०१७ सालको परिवर्तनमा राजा महेन्द्रको अध्यक्षतामा गठीत मंत्रिपरिषदका मंत्री पनि थिए । तरपछि हेरफेरमा उनी परेनन् । २०२२ सालमा जातीय आन्दोलनको रुपमा स्थापित मुद्धाहरुलाई २०२६ सालदेखि मंका खलः को नामबाट पद्यरत्न तुलाधरको सक्रियतामा सक्रिय गराइयो । यस कुरालाई २०६३ सालको जनआन्दोलनपछि पद्यरत्न तुलाधर माओवादीसँग मिलेर विक्रम संवत् हटाएर नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउन सक्रिय बनेका छन् । माओवादीभित्र बाबुराम भट्टराई लगायत धेरै क्रिस्चियन भएकाले विक्रम संवत् र नेपाल र्सवतबीचमा झगडा गराएर ईस्वी संवत्लाई सरकारी संवत् बनाउने षडयन्त्र हो । नेपालमा लिच्छविकालदेखि निरन्तर चलनचल्तीमा रहिआएको संवत् हटाउन २०६८ सालमा बाबुराम भट्टराई प्रधानमंत्री भएकोबेला ईस्वी संवत् लागु गराउन मंत्रिपरिषदमा निर्णय समेत गराएका थिए तर बिरोध भएर सार्वजनिक गर्न सकेनन् ।

विक्रम संवत् हिमवतखण्ड नेपालका विभिन्न साना राज्यहरुमा प्रचलित भइरहेकाले विशाल नेपालको सिर्जना भएपछि विक्रम संवत् नेपालको राष्ट्रिय संवत्को रुपमा स्थापित छ । हामी नेपालीहरु विक्रम संवत्लाई बीना प्रमाण भारतको भन्छौं तर तर भारतीय इतिहासकारहरु–गुजरातका विद्वान खोजकर्ता पं.भगवानलाल इन्द्रजी, कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले विक्रम संवत्को उठान नेपालमा नैं भएको र मानदेव प्रथमका समयमा उल्लेखित अभिलेखहरु सबै विक्रम संवत् हुन् भनेर लेखेका छन् । भारतीय विद्वानहरु नैं विक्रम संवत्को उठान नेपालमा नैं भएको हो भन्छन् भने नेपालमा हामी कतिपय नेपालीहरु आफ्नो एैतिहासिक सम्पत्तिलाई विदेशी भनिरहेका छौं । शक संवत्, नेपाल संवत् अध्यावधि तीथिको आधारमा मात्र चलेका छन् । विक्रम संवत् पनि चन्द्र शम्सेरको पालासम्म तीथिको आधारमा नैं चल्दै आएको थियो । तर विक्रम संवत्मा तीथिहरु थपघट भइरहने हुनाले शासन व्यवस्थामा धेरै अप्ठयारो भएकाले ज्योतिषहरुको सम्मेलनको सुझावको आधारमा शासन व्यवस्थामा सजिलोको लागि चन्द्रशमशेरले विक्रम संवत् १९६१ वैशाख १ गते मेष संक्रान्तिदेखि तिथि र बारहरुमा कुनै तलमाथि नगरी गतेमा लेख्ने चलन चलाएका हुन् । तिथिहरु कहिले एकैदिन दुइटा आइपर्ने हुँदा गतेमा लेख्ने चलनपछि शक संवत् र नेपाल संवत्हरुको दाँजोमा विक्रम संवत् व्यवहारिक हुनपुगेको हो । शनिवार सार्वजनिक विदा दिने चलन पनि चन्द्र शम्सेरकै पालादेखि चलेको हो । विक्रम संवत् १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी बर्षभरीका १२ महिनाका महिनाका दिनहरु निर्धारण गरिएका हुन् । मीन रासी समाप्त भई मेष राशी प्रारभ्भ हुनासाथ वैशाख महिना शुरु हुन्छ ।

विक्रम संवत् हिमवतखण्ड नेपालका विभिन्न साना राज्यहरुमा प्रचलित भइरहेको र विशाल नेपालको सिर्जना भएपछि पनि विक्रम संवत् नेपालको राष्ट्रिय संवत्को रुपमा चलनचल्तीमा स्थापित भएको छ । विक्रम संवतु्ले वैदिककालदेखि प्रचलित तिथि र बारहरुको अवलम्वन गर्दैआएको र विक्रम संवत् आदिकालदेखि नेपालमा चल्दै आएको प्रमाण साँखु बज्रयोगिनीको मन्दिरदेखि केही माथि एउटा मन्दिरमा विक्रमादित्य राजाको टाउको राखिएकोछ र विक्रमादित्य राजाको टाउकाको पूजा गरेर बज्राचार्यबंशका पूजारी अध्यावधि बसेका छन् । यसक्षेत्रमा विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजाआजा गरेर बस्तु पर्ने कुनै कारण हुँदैनथ्यो । यिनै चक्रवर्ति राजाले नेपाललाई विस्तारगर्दै कासीसम्म पुगी कासीमा विश्वनाथको मन्दिर स्थापना गरेको थियो भन्ने कुरा हिमवतखण्ड पुस्तकमा उल्लेख छ । काभे्र जिल्लाको नालामा उत्तरापुर राज्यको नाउमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती पनि छ । योगी नरहरिनाथले भन्नु भएकोछ–“श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः”भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ति राजा विक्रमादित्यको बत्तिसपुतली राम मन्दिर भएको ठाँउमा राजसिंहसान थियो भन्ने पाइन्छ भन्नु भएको छ ।

पशुपति पुराणमा उल्लेख छ–‘अथ सूर्यवंश प्रभावोन्नेपाले किराँत राजन निर्जित्य लिच्छवि वंश प्रवर्तते’अर्थात सूर्यवंशी लिच्छविको प्रभावले किरात राजालाई जिती लिच्छवि वंश शुरु भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमिबर्मा, विक्रमादित्य आदि नामबाट पुकारिने राजाको शासनकालदेखिनैं विक्रम संवत्को उठान भएको मानिन्छ । लिच्छवि शासनकालमा निर्मित हरिसिद्धी मंदिरमा विक्रम संवत् ७११ उल्लेख भएको बंशावली छ । विक्रम संवत् ९४५मा हरिसिद्धीनाटक मञ्चन भएको हरिसिद्धी उपपुराणमा उल्लेख छ । नेपालका खोजकर्ता शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्हरुलाई विक्रम संवत् हुन् भन्दै जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राजबर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । मोरङ्गका राजा हरिश्चन्द्र सेन र बृषशेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाणहरु भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातत्व संग्रह (२०१८)मा प्रकाशित गराएका छन् ।

इतिहाकिार ज्ञानमणि नेपाल लेख्छन्– ‘विक्रम संवत्को प्रचलन मध्यकालमा वाइसी–चौबीसी, सेन, मल्ल, शाह राजाहरले विक्रम संवत् चलाउदै आएका थिए । केन्द्रका तीन सहरका मल्लराज्यहरमा पनि पूर्व मल्लकालदेखि नैं अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यहरुमा विक्रम संवत्को प्रयोग हुँदैआएको थियो । भक्तपुरमा नवर्ष प्रारम्भ हुनुभन्दा अगाडि धमधामसाथ बिस्केटजात्रा मनाइँछ । तराईमा थारुहरु वैशाख शररु हुने दिनदेखि नैं सिरुवाजात्रा मनाउँछन् ।’ ज्योतिषी पंं. सूर्यप्रसाद ढुगेल भन्छन्– ‘विक्रम संवत् प्रकृतिसँग आवद्ध छ । दिन र रात सूर्यले नैं निर्धारण गर्ने र सूर्यले एकबर्ष अर्थात ३६५ दिन १५ घडि ३१ पला ३१ प्रतिपला, यति समयमा एक चक्कर ३६० डिग्री पुरा गरेको हुन्छ । सूर्यले जव ३६० डिग्री अर्थात रासी, अंशा, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन रासी समाप्त भई मेष रासी सूर्यमा प्रवेश गर्छन् र विक्रम संवत् अनुसार नयाँबर्ष प्रारम्भ हुन्छ । यसैगरी ३० अंशको एक महीना हुनेहँदा पहिलो ३० अंश सिद्धिएपछि वैशाख सिद्धिएर जेष्ठ महीना प्रारम्भ हुन्छ । यहीक्रमबाट ३०।३० अंश काटेपछि बर्ष पुरा हुन्छ ।’ विक्रम संवत् सौर्यसँग संवन्धित छ । त्यस्तै अरुणकुमार पाण्डे लेख्छन्– ‘सृष्टिको आरम्भमा सूर्य लगायतका ग्रहनक्षत्र सून्य अवस्थामा रहेको र त्यही सून्यमा विक्रम संवत्को गणनाप४ति शूर हुन्छ । विक्रम संवत विश्वब्रह्माण्डका ग्रहगति र प्राकृतिसँग सापेक्ष छ । नेपालमा विक्रम संवत्ले सबै जाति, भाषा, धर्म र संस्कृति र विविधतालाई समिटेको छ ।’

विक्रम संवत्को नयाँबर्षलाई स्वागतार्थ भक्तपुरमा मनाइने बिस्केट जात्रा मनाइएको भनिन्छ । सुदुर पश्चिमाञ्चलमा विसपर्व, तराईमा सिरुवा पर्व, माघे संक्रान्तिमा थारुहरुको माघी पर्व, गुरुङ, तामाङ, शेर्पाहरुले मनाउने लोसार पर्व सबै विक्रम संवत्कै आधारमा चलेका हुन्छन् । विक्रम संवत्को आधारमा वैशाख १ गते भक्तपुरमा बिस्केट जात्रा प्रारम्भ हुन्छ । मेष सक्रान्तिको दिन प्रकतिले पनि स्वागत गर्छ । विक्रम संवत् प्रारम्भ हुने दिन हरेक बर्ष नयाँबर्षको बिहानै सिराहामा सलहेस नामक सुनगाभा जस्तै ठूलो खाले फूल फूलेर सुख–समृद्धिको लागि सबैको लागि अमूर्त रुपले नयाँबर्षको शुुभकामना संवोधन गर्ने गर्छ । सिराहाको लाहानदेखि चार किलोमिटर पश्चिममा बर्षमा एकदिन मात्र फूल्ने र एउटै मात्र माला जस्तो लामो झयाम्म परेको सलहेस फूल लटरम्म फूल्छ । अचम्मको कुरा अघिल्लोदिन कोपिला लाग्ने बिस्तारै आकार दिएको हुन्छ र नयाँ बर्षको बिहानी वैशाख १ गते मालाको आकारमा थपक्क भएर फूल्दछ । बिहान फक्रने र वैशाख १ गतेको साँझदेखि ओइलीदै भोलिपल्छ झर्ने गर्छ । यो दृश्य हेर्न नेपाल तथा भारतबाट कैयौं स्थानबाट तीर्थयात्रीहरुको आगमन हुन्छ । यस यथार्थताले के बुझाउँछ भने विक्रम संवत् प्रकृतिसँग पनि संवन्धित छ जस्ले वैशाख १ गते मेष संक्रान्तिको प्रारम्भ नैं सौहार्दतापूर्ण देखाउँछ । विक्रम संवत् प्रारम्भ भएको दिनको बिहानैदेखि सलहेस फूल पूmलेर शुभकामना अर्पण गर्छ । विक्रम संवत्का खास तीथि र गतेहरुमा मेघ गर्जने र पानी पर्ने गर्छ । वैशाख १ गते मेष संक्रान्तिमा, साउने संक्रान्तिमा, माघे संक्रन्तिमा, शिवरात्री, जनै पूर्णिमा, घटस्थापनाका दिन मेघ गर्जने र पानी पर्ने गर्छ । यसले पनि विक्रम संवत्सँग तीथिहरुको अन्तरनिहीत संवन्ध रहेको देखिन्छ । विक्रम संवत्को उठान प्रकृतिसँग संवन्धित भएकाले विश्वका सबै संवत्हरुको दाँजोमा विक्रम संवत् धेरै वैज्ञानिक छ । विक्रम संवत् अनुसारको ज्योतिष विज्ञान अनुसार मौसम अनुसार पानी पर्ने दिनहरुको अवस्थाको पनि राम्ररी सूचिकरण प्रस्तुत गर्न सकेको छ । भनेको छ–‘शनी सत्य, रवी अठ्ठे, मंगलबर्षे दिनतीन, बुध गरु भलाबर्षे शशि, शुक्र दिन एक ।’ अर्थात शनिवार पानी परेमा सात दिनसम्म बर्षन्छ, आइतबार आठ दिनसम्म, मंगलबार पानी परे तीन दिनसम्म बर्षिरहन्छ, बुधबार र गुरुबार पानी बर्षेमा धरेदिनसम्म परिरहन्छ अर्थात त्यसलाई भलाबर्षे भनिन्छ । शशी अर्थात सोमबार र शुक्रबार पानी बर्षेमा एक दिन मात्र बर्षन्छ ।

विक्रम संवत् नेपालको सार्वभौम अस्तित्वसँग पनि संवन्धीत छ । किनकि एशीयाका धेरै राष्ट्रहरु चीन तथा भारत साम्राज्यवादी शक्तिको दपेटामा परेकाले त्यहाँका आदि संवत्हरु सबै विस्थापित गरिएर इस्वी संवत् लागु गरियो तर नेपाल साम्राज्यवादीले प्रभाव जमाउन नसकेकाले विक्रम संवत् पनि यथावत रुपमा प्रचलीत रहिरह्यो । त्यसैेले यो संवत् ऐतिहासिक रुपमा यो नेपालको लागि गौरव हो । नेपालमा विदेशी प्रभाव नपरेको प्रमाण स्वरुप विक्रम संवत्को निरन्तरता हो । एशियाका देशहरुमा जहाँ जहाँ इस्वी संवत् चलेका छन् । नेपालमा विदेशीहरुले राज गरेका थिए भने विक्रम संवत् हटाएर अरुहरु देशदहरुमा झैं इस्वी संवत् लागु हुन्थ्योे । तर त्यसो भएन । किनकि नेपालको सार्वभौमसत्ता कुनै सम्राज्यवादी शक्तिहरुबाट बिटुलो भएन । पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५को वसन्तपुर दरबारको अभिलेखमा –‘राजा पृथ्वीनाराणको बंश गुह्येकाली र पशुपतिका दुर्इृ पाउका धुलाका प्रसादले स्थिर भइरहोस्’ भनेर गौरवमय विक्रम संवत् उल्लेख गरेका थिए । यसले पनि विक्रम संवत् नेपालीहरुको राष्ट्रिय गौरव मानिन्छ ।

विक्रम संवत्  विक्रम संवत् भन्दा ५७ बर्षपछि इस्वी संवत् चालु भएको हो । यीशुलाई वैधानिकरुपमा मान्न थालेपछि मात्र यीशुको संझनामा ४०० बर्षपछि मात्र इस्वी प्रचलनमा ल्याइएको पाइन्छ । इस्वी संवत् प्रचलनमा आएपछि सबै महिना, बारहरु विक्रम संवत्बाटै लिइएका हुन् । आइतबार, आदित्यबार सूर्यलाई संझेर बनाइको बार हो जस्मा आदित्यबारलाई (सन् डे) भनिए झैं अरु धेरै कुराहरु इस्वी संवत् र संस्कृत भाषाबाट अंग्रेजी भाषामा ग्रहण गरिएका छन् । अहिले पनि भारतका कतिपय ठाउँमा हिमवतखण्ड नेपालको प्रतावले विक्रम संवत्हरुलाई नैं आधार बनाएर पञ्चाङ्गहरु प्रकाशित भइरहेका छन् । १२ करोड जनसंख्या भएको भारतको बंगालमा विक्रम संवत् अनुसारको सूर्य सिद्धान्तमा आधारित पञ्चाङ्गहरु चल्नचल्तीमा छन् । भारतमा अरुण बंशलबाट सम्पादित दशौंलाख छापिने फूचर समाचार मासिक र डा. गीता शर्माबाट सम्पादित पञ्चाङ्गहरु पनि विक्रम संवत्लाई नैं आधार मानेर चलनचल्तीमा छन् । फलतः विक्रम संवत् हिमवतखण्ड नेपालको आदि र मौलिक संवत् भएकाले नेपालले कुनै कुनै पनि प्रकारको औपनिवेसिक प्रभावमा नेपाल नपरेर सार्वभौमसत्तासम्पन्न राष्ट्रको रुपमा स्थापित भएको कुरा विक्रम संवत् आफै प्रमाणको रुपमा उपस्थित छ । विक्रम संवत् २०७४ सालको आगमन नेपालमा संवैधानिक राजसंस्था तथा हिन्दु अधिराज्य स्थापित भएर नेपालको तराई, पहाड, हिमाली क्षेत्रको एकतामा आवद्ध गराई नेपालको सार्वभौमसत्ता अटल राख्सक्ने अवसरको रुपमा उदाएको छ । अतः विक्रम संवत् २०७४ सालको उपलक्षमा सम्पूर्ण नेपालीहरुले सुख समृद्धिको लागि शुभकामना छ ।