काजीअमरशिंह थापाको उच्च पद र उत्कृष्ट चरित्रको बिचार गर्नुको साथै उनले जस्तो योग्यता ,बीरता,एवं राज भक्तिको
साथ् आफ्नो अधिनस्थ देशको रक्षा गरे, त्यस उपर बिचार गर्दै तलका सर्तहरु स्वीकार गरिन्छ |

धारा १

राजगढ़ [मलाउ ] मा अहिले जुन पल्टन छन तिनको साथ् अमरशिंह थापा त्यो किल्ला छोडिदिनेछन | उनलाई अस्त्र, सस्त्र , माल मत्ता
विभिन्न सैनिक झण्डा ,दुई तोप तथा निजि सम्पति लिएर जाने अनुमति सम्मानपुर्बक दिइन्छ |

धारा २

काजी रणजोरशिंह थापाको बहादुरीको कदर गर्दै उनलाइपनि जैथकको किल्लाबाट २०० मनुष्य आफ्ना हातहतियार, झन्डाहरु र १ थान तोप
लिएर जाने अनुमति दिइन्छ | उनि साथै उनीसंग भएका सबै अधिकृतहरु र निसस्त्र ३०० जवानलाई र आफ्नो निजि सम्पति लिएर किल्लाबाट
जाने आज्ञा दिइन्छ |

धारा ३

काजी अमरसिंह थापा र काजी रणजोर्सिंह थापालाई आफ्नो सम्पति र मातहतको मानिसका साथ् हरिद्धार र नजीवाबाद अथवा उनीहरुका
इच्छानुसार अरु कुनै बाटो सर्यु,अथवा काली देखि पूर्वको इलाकामा रहेका नेपाली फ़ौजसित मिसिन जाने स्वतन्त्रता रहने छ | नेपाल राज्यको सीमासम्म उनको मालमत्ता पुर्याइदिने प्रबन्ध पनि गरिने छ |

धारा ४

आफुलाई अनुकुल पर्ने कुनैपनि ठाँउमा काजी अमरसिंह थापा काजी रणजोरसिंह थापा सिट भेट गर्न सक्ने छन्

धारा ५

काजी अमरसिंह थापा र काजी रणजोरसिंह थापाको व्यक्तिगत सम्मान रक्षार्थ नियुक्ति भएका सिपाहीहरुबाहेक अन्य सबै नेपाली सिपाहीहरुलाई इच्छानुसार ब्रिटिस सेनामा भर्ति हुने अनुमति छ | यसरि भर्ति हुन् चाहने सिपाहीहरु दुवै राज्यकोबीच सन्धि नहुन्जेलसम्म कम्पनि सरकारतिरवाट भत्ता पाउने छन् |

धारा ६

आफ्नो निजी सम्पति हटाउनसाथ् अमरसिंह थापालाई मलाउँको किल्ला छोडिदिन स्वीकार्य हुनेछ |

धारा ७

भिली आर्किफ ,सवाथु,जैथक,जगत गढ,र वाइन तथा,यमुना,र सतलजको बिचको किल्ला एबं गढमा भएका अधिकारीहरुलाई आ-आफ्ना किल्ला र गढ छोडिदिने आज्ञापत्र पठाउन अमरसिंह थापालाई स्वीकार्य हुने छ | उक्त किल्ला र गढ़हरुमा भएका मनुष्यलाई आफ्नो सम्पतिको भोग चलन गर्ने अधिकार हुनेछ र उक्त स्थानमा भएका हतियारहरु गभर्नर जनरलको कुनै निर्णय प्राप्त नभएसम्म सुरक्षित राखिने छ | तर काजी अमरसिंह थापा संग सम्बन्धित ८३ जनालाई आफ्ना हतियार लिएर जाने आज्ञा छ |

धारा ८

गढवालको इलाका छोडिदिने र त्यस इलाकाका सबै किल्ला ब्रिटिस अधिकृतको हातमा सुम्पने आज्ञा काजी बख्ताबरसिंहलाई तुरुन्त पठाउने कुरा काजी अमरसिंह थापा लाइ मान्य हुनेछ उनीहरु कम्पनि सरकारको आज्ञापत्रको साथ् कुमाउँको बाटो ठाँउ-ठाँउका पल्टन र युद्ध सामाग्री आफ्नो कब्जामा पार्दै जाने छन् |

धारा ९

अमरसिंह थापालाई आशा छ कि उनले आफ्ना मातहतका सबै किल्ला अंग्रेजलाई सुम्पेकाले नेपाल र कम्पनीको बीच ६० बर्षदेखि चलिआएको मैत्री सम्बन्ध पुन स्थापित हुनेछ |