काल्र्सरुहको दरवार परिसर, वनस्पती उद्यान र म्यूजियम सबै हेरिसक्दा तीन घण्टा बितेको पत्तै भएन र तत्पश्चात हामी काल्र्सरुहको पूरानो भित्री शहर अवलोकन गर्न तर्फ लाग्यौ । यो भित्रि शहर आफैमा एक पर्यटकीय स्थल रहेछ । पंखाको आकारमा डिजाइन गरिएको यो शहरको केन्द्र विन्दुमा नै भित्रीशहर अवस्थित रहेछ । यहीनै शहरका संस्थापक मारग्रेभको चिहान पनि रहेछ । फ्रेडरिक भाइनब्रेनर नामक बाडेनका वास्तुकार (आर्किटेक्ट) ले सामन्तकालीन काल्र्सरुहको दरवारको वास्तुकलालाई चुनौति दिंदै मध्यमवर्गीय जनताले पनि त्यस्ता दरवारकै ढाचामा आआफ्ना घर बनाउन सकून भनेर सन १८०० मा यस शहरको डिजाइन तयार गरेका र सो अनुरुप निर्माणकार्य सन १८०७ सम्ममा सम्पन्न भएको रहेछ । भित्रि शहरको लामो सडक काइजर स्ट्रास्सेको दक्षिण तर्फ सो डिजाइन अनुरुप वनेका भवनहरु ज्यादै लोभलाग्दा र सुन्दर देखिदा रहेछन् । उत्तरबाट दक्षिण तर्फ गएको यो शहरको विच भागमा टाउनहल रहेछ ।  शहर स्थापना ताका त्यहा एउटा काठको पिरामिड बनाइएकोमा सन १८२३ मा त्यस्लाई ढुंगाको पिरामिड वनाइ विस्थापित गरिएको रहेछ । पहिलेको काठको अनि पछिको ढुंगाको गरी दुवै पिरामिडको डिजाइनकत्र्ता पनि भाइनब्र्रेनरनै रहेछन् । त्यहाँ सम्राट कार्ल भिलहेल्मका हड्डिहरु संकलित रहेछन््् जस्लाइ चिहान वनाइ संरक्षण गरि पिरामिडले ढाकिएको रहेछ । यहि कारण त्यो पिरामिडलाई कार्ल भिलहेल्मकै स्मारक भनिदो रहेछ । पुरानो दरवार स्क्वायरबाट हिडेर भित्रि वजारमा आइपुग्दा माथि भनिएका सबै दर्शनियस्थलहरुसंग जम्काभेट हुंदो रहेछ ।

भित्रि वजारको उत्तरी खण्ड ब्यपार ब्यवसायको लागि छुट्टाइएको र दक्षिणी,पूर्वि र पश्चिमी खण्ड भन्दा रहेछ फराकिलो रहेछ र नवशास्त्रिय ढाचाको ब्यापारिक र निजी प्र्रयोगका भवनहरुले घेरिएको रहेछ । यही फराकिलो स्थलको केन्द्र विन्दुमा पिरामीड र दक्षिणमा ग्राण्ड ड््युकको शालिक सहितको फोहरा देख्न पाइदो रहेछ । यस स्क्वायरको अर्को दर्शनिय स्थल भनेको  शहरको प्रोटेस्टेन्ट गिर्जाघर (टाउनचर्च) रहेछ र त्यसैको उत्तरी कुनामा टाउनहल पनि ठडिएको रहेछ । सन १८०४ मा काल्र्सरुहका नगरप्रमुखले यो टाउनहल बनाउन लगाएका रहेछन् । पछि १८२५ मा यही पुरानो टाउनहलको छेवमै नया नया टाउनहल बनाइएको रहेछ । प्रोटेस्टेन्ट गिर्जाघरको टावरको समानान्तर उचाइमा त्यहा घण्टाघर पनि वनाइएको रहेछ । दोश्रो विश्वयुद्ध ताका खसालिएको बमको कारण नराम्ररी क्षतविक्षत भएका यहाका संरचनाहरुलाई सन १९५५ भित्रनै जिणोध्दार गरी दुरुस्त वनाइएको रहेछ । टाउनहल र गिर्जाघरको वीचमा एक ठूलो पानीको फोहरा देख्न पाइदो रहेछ । आठकोणको डिजाइनमा बनाइएको यो फोहराको वीचमा ग्राण्ड ड्युक लुडभिगको मूर्ति ठडिएको रहेछ जस्लाई आलोय राउफर नामक मुर्तिकारले सन १८३३ मा बनाएका रहेछन् ।