काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता भएको हो ।

प्रसाईंलाई आज अदालतमा उपस्थित गराए पनि मुद्दा हेर्न नभ्याएको भन्दै उनलाई अदालतले फिर्ता पठाएको छ । उनलाई मंगलबार पुनः अदालतमा पेस गरिने पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रसाईंमाथि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सरकारप्रति अवहेलना सिर्जना हुने खालका अभिव्यक्ति दिएको आरोप लागेको छ । उनलाई जेठ ४ गते राति वीरगन्जस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ गरिएको थियो ।