काठमाडौं - सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप, रामेछाप नगरपालिका-१ घर भएका २३ वर्षीय दिपेश मग्रान्तीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१० स्थित एक घरबाट सुनका विभिन्न गरगहना सोमबार बिहान चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१० बानेश्वरबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट करिब १ सय ३८ ग्राम ६ सय १० मिलिग्राम तौल बराबरको सुनका विभिन्न गरगहना समेत बरामद गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।