जय मातृभूमि पार्टीले एक प्रेश विज्ञप्ति जारी गरी देशको समसामयिाक विषयमा पार्टीको धारणा राख्दै बिज्ञप्तिमा उल्लेख गरेको छ । “नेपालका एकजना बहालवाला लालबुझक्कड मन्त्रीले भारतको ल्म्त्ख् ले आयोजना गरेको छलफल कार्यक्रममा आफ्नो क्षेत्राधिकार नरहेको विषयमा दिएको “भारतविरुद्ध बोलेर अब नेपालमा राष्ट्रवादी हुने दिन गए” भन्ने गैरजिम्मेवार र राष्ट्रघाती अभिव्यक्ति प्रति यस पार्टीको गम्भीर आपत्ति रहेको छ । यस अघि पनि उनले नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । बजेटमा पनि उनले न्यून आय भएका वर्गले उपभोग गर्ने स्वदेशी वस्तु र सेवामा कर थपी सो बजेट गरीब–विरोधी रहेकोमा गर्व गरेका थिए ।
यस अघि निजले नेपालको संसदमा बोल्दा दुई शतक अघि पाँचौँ अमेरिकी राष्ट्रपति मन्रो (सन् १८१७–१८२५) ले अघि सारेको ’मन्रो मत’ (त्यस बेला राष्ट्रहरु निर्माण हुँदै गर्दा अमेरिकी महादेशहरुमा यूरोपेली उपनिवेशवाद र हस्तक्षेपको क्रम रोकिनु पर्ने, त्यस क्षेत्रमा रहेका यूरोपेली उपनिवेशहरुमा अमेरिकाले हस्तक्षेप नगर्ने तथा यूरोपमा हुने युद्धहरुमा पनि अमेरिका संलग्न नहुने) भन्ने विषय–वस्तुको अर्थ नबुझी दक्षिण एसियाको सन्दर्भमा पनि सो मन्रो मत लागु गर्नु पर्दछ भनी आफ्नो स्वार्थपूर्ति गर्न र इण्डियाको स्वार्थमा बोली नेपाल र नेपालीप्रति विश्वासघात गरी राज्यप्रतिको गम्भीर अपराध तथा लेन्डुपे प्रवृत्तिको खतरनाक संकेत गरे । हार्वार्डको केनेडी स्कूलमा जनप्रशासनको डिग्री लिएका विद्धान भनिएका सरकारका जिम्मेवार पदाधिकारीले देश र नागरिकलाई दिग्भ्रमित पार्दै विदेशी स्वार्थ र सरोकारप्रति यतिसम्म नतमस्तक भई व्यक्तिगत चाकडीमा लिप्त हुनु र आत्म समर्पणभाव देखाउनुले राष्ट्रको गौरव र अस्मितामा अपूरणीय क्षति भएको छ ।
तसर्थ सरकारमा रहेका यस्ता देशद्रोही राष्ट्रघाति व्यक्तिलाई प्रधानमन्त्रीद्धारा तुरुन्त फिर्ता बोलाई जिम्मेवारीबाट मुक्त गरी कानुनी कारवाही समेत गर्न आग्रह गर्दछौ । नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता कायम राख्नु सरकारको प्रमुख कर्तव्य हो । यस्ता राष्ट्रघाति प्रवृत्तिको नियमन गर्न समेत अनुरोध गर्दछौ । साथै यस पार्टीद्धारा अघि सारिएको सुशासन, समृद्धि, नागरिकतन्त्र, कानुनी राज्य निर्माण, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरी संघियता समानुपातिक प्रणाली खारेज तथा स्थानीय तह पुनर्संरचना गरी पालिकाको संख्या चार सयमा नबढाई आवश्यकता अनुसार वडाको संख्या बढाई, विधायकको संख्या दुई अंकमा नबड्ने गरी कायम गर्ने जस्ता विषय बस्तु प्राप्तिको संघर्षमा पार्टीलाई साथ सहयोग समर्थन गर्न आम नेपाली जनतालाई हार्दिक अनुरोध गर्दै यो विज्ञप्ति जारी गरिएको छ । ” विज्ञप्तिमा पार्टीका अध्यक्ष रामशरण पाण्डेले हस्ताक्षर गरेको छ । पार्टीले देशको समसामयिक विषयमा समय परिस्थिति अनुसार राज्यमा रहेका सत्तासिनलाई राष्ट्रवादी पार्टीको हैसियतले समयम समयमा घच्घच्याउँदै आएको छ ।


0 comment