काठमाडौं - चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको हो। फिल्म निर्माता तथा लेखक समेत रहेका पण्डितसँग यसअघि चलचित्र विकास बोर्डमा आबद्ध भई काम गरिसकेको अनुभव रहेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष छनोटका लागि मनिष पण्डित्सहित नरेश पौडेल र निशा आधिकारीको नाम मन्त्रिपरिषद्मा पठाएको थियो।
सोही तीन जनाबाट पण्डितलाई नियुक्त गरिएको हो। निवर्तमान अध्यक्ष दिनेश डीसीको दुई वर्षे कार्यकाल सकिएपछि मन्त्रालयले असोज १ गते बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरेको थियो।


0 comment