काठमाडौं – कोजाग्रत पूर्णिमा २ दिन परेको हुनाले आज पनि दशैको टिका लगाएर दशै विदा गरका छन । कोहीले हिजो आइतवार नै पूर्णिमाको विदाई टिका लगाएर दशैको विदाइ गरेका थिए भने केहीले आज विदाई गरेका छन । विजयदशमीको दिनदेखि पूर्णिमाको दिनसम्म दशैको टिका लगाउने चलन छ । विशेषगरी मान्यजनको हातबाट विदाइको टिका लगाइ दशै विदा गरिन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले हिजो नै दशैको विदाइ टिका लगाएका थिए । दशै सकिएसँगै आ आफ्नो काम धन्दामा मानिसहरु फर्किन थालेका छन भने उपत्यका भित्रीनेको सख्या पनि उल्लेखीय रुपमा बढेको छ ।

दशै मान्न गाउमा गएकाहरु धमाधम उपत्यका फर्किन थालेपछि भिड बढन थालेको हो ।