काठमाडौं – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमास्थित धारिलो हतियार प्रहार गरी चारजना घाइते बनाउने व्यक्ती पक्राउ परेका छन । ती व्यक्तीले श्रीमति सालीसहित ४ जनालाई जताभावी खुकुरी प्रहार गरी सक्त घाइते बनाएका थिए । 


घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई, २५ वर्षीया तेनिना राई र नरेन्द्र राई रहेका छन् ।
दशैं मान्न ससुराली आएका ४३ वर्षीय नइन्द्रकुमार राईले उनीहरूमाथि आक्रमण गरेको खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जनाएका छन ।

हतियार प्रहार गर्ने नइन्द्रकुमारमाथी अहिले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।