काठमाडौं - बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२९ मैतिदेवी बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ घर भएका ३६ वर्षीय हिमान्सु भुवनियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत जलेश्वरबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१ नागपोखरी चोकबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएको छ ।