काठमाडौं - दाङको दंगीशरण गाउँपालिका-३ रावतगाउँ बस्ने ४२ वर्षीय लम्बुदास चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा लम्बुदास समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ८ सय ६५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


0 comment