काठमाडौं - सिंहदरबार परिसरमा संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको छ।

विज्ञान तथा प्रविधि मन्त्रालय अगाडि आज दिउँसो यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले सांसद कार्की भण्डारीको बागमती प्रदेश ०१–०२८ च ९००९ नम्बरको गाडीमा ठक्कर दिएको हो। एक आपसमा ठोकिँदा दुबै गाडीमा क्षति पुगेको देखिन्छ ।

सांसद कार्की भण्डारीको गाडी रोकिराखिएको अवस्थामा यूएनडीपीको गाडीले दक्षिण गेटतर्फ जाने क्रममा ठक्कर दिएको बताइएको छ ।घटनाबारे ट्राफिक प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।