काठमाडौं - लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ४५ वर्षीय बिमल घर्तीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा ११ वर्ष कैद सजाय, १ लाख १० हजार रूपैयाँ जरिवाना र ४ हजार ४ सय रूपैयाँ क्षतिपूर्ति ठहर भई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-३ जाल्पाचोकबाट पक्राउ गरेको हो ।

उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा पठाइएको छ ।