काठमाडौं - बीपी राजमार्गको क्षतिग्रस्त सडकको पुनर्निर्माण गर्ने जिम्मा पनि जापान सरकारले नै लिएको छ । जापान सरकारले निर्माण गरेको उक्त सडकको पिप्लेदेखि बर्खेखोला सडक खण्ड पुनर्निर्माण सोमबारदेखि सुरु गरिएको छ।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र नेपालका लागि जापानका राजदूत माएदा तोरुले संयुक्त रूपमा परियोजना पुनर्निर्माणको शिलान्यास गरेका छन् ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण सुरु भएको सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।
२०८१ सालको बाढीपहिरोका कारण बीपी राजमार्गको पिप्लेदेखि बर्खेखोलासम्मको ३ दशमलव २ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको थियो ।
एक सय ५९ किलोमिटर बीपी राजमार्ग जापानकै २६ अर्ब यान आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको थियो । यस राजमार्गलाई नमूना राजमार्गको रुपमा चित्रण गर्ने गरिएको छ ।


0 comment