काठमाडौं - सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल विदेश भ्रमणको योजना रहेको बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो १०० दिनको कार्य व्यस्तताका कारण प्रधानमन्त्रीले हाल कुनैपनि देशको भ्रमण गर्ने सोच नबनाएको स्पष्ट पारे।  प्रधानमन्त्रीको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्यसम्पादनमा केन्द्रित हुनु रहेको उनको भनाइ थियो।

मन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्रीज्यू अहिले भारत मात्र होइन, अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न। हामी अहिले सरकारको सुरुवाती १०० दिनको कार्ययोजना र लक्ष्यमा बढी केन्द्रित छौँ।’ उनले सभापति रवि लामिछानेको आसन्न भारत भ्रमण नितान्त निजी वा पार्टीगत हुन सक्छ, यसमा प्रधानमन्त्रीज्यूको कुनै सम्बन्ध नरहेको बताए ।

प्रधानमन्त्रीले आवश्यकता र उपयुक्तताका आधारमा उचित समयमा सम्बोधन गर्ने उनको भनाइ थियो। आगामी गणतन्त्र दिवसका अवसरमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने बताएपछि सरकारका प्रवक्ताले यसबारेमा स्पष्ट पारेका हुन् ।