काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्भर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया खारेज गरेको छ।
हाल अध्ययनरत विदेशी विद्यार्थीहरूलाई अन्य शैक्षिक संस्थामा सर्न वा आफ्नो कानुनी हैसियत गुमाउने चेतावनी समेत दिइएको छ। ट्राप प्रशासनले अन्य विश्वविद्यालयहरूमा पनि यस्तो कडाइ विस्तार गर्ने चेतावनी दिएको छ।
गृह सुरक्षा मन्त्री क्रिस्टि नोएमले २०२५–२०२६ शैक्षिक सत्र देखि लागू हुने गरी हार्भर्ड विश्वविद्यालयको विद्यार्थी तथा आगन्तुक आदानप्रदान कार्यक्रम रद्द गर्न आदेश दिएकी हुन् । नोएमले हार्भर्डमाथि हिंसा र यहूदीविरोध फैलाएको र चिनियाँ कम्युनिष्ट पार्टीसँग समन्वय गरेको आरोप लगाएकी छन्।
हार्भर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनको यो कदमले हजारौं विद्यार्थीहरूमा असर पर्नेछ । हार्वर्डले २०२४-२०२५ शैक्षिक वर्षमा लगभग ६ हजार ८ सय अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गरेको छ । विश्वविद्यालयको तथ्याङ्क अनुसार यो संख्या यसको कुल भर्नाको २७ प्रतिशत हो।
यो निर्णयाई गैरकानुनी भएको र प्रतिकारात्मक कारबाही भएको प्रतिक्रिया दिएको छ।
यो निर्णयले म्यासाचुसेट्सको केम्ब्रिजस्थित प्रतिष्ठित आइभी लिग विश्वविद्यालय विरुद्ध ट्रम्प प्रशासनले थालेको अभियानलाई थप तीव्र बनाएको छ। हार्भर्ड राष्ट्रपति ट्रम्पका सबैभन्दा प्रमुख संस्थागत निशाना मध्ये एकको रूपमा देखा परेको छ । यो कदम त्यसपछि उठाइएको हो जब हार्भर्डले विश्वविद्यालयमा रहेका केही विदेशी विद्यार्थीको भिसाकाबारे नोएमले माग गरेको जानकारी दिन अस्वीकार गर्यो ।


0 comment