काठमाडौं - भारतमा पछिल्लो २४ घण्टामा भारतमा १८ हजार २५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसहित हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ४२ जनाको मृत्यु भएको छ ।
हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् । करिब चार महिनापछि भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी पुगेको हो ।
पछिल्लो २४ घन्टामा १४ हजार ५५३ जना संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड २९ लाख ६८ हजार ५३३ पुगेको छ ।
0 comment