शिक्षक आन्दोलन २५ औं दिनमा चल्दैछ । शिक्षक आन्दोलनको धरातल हेर्दा लाग्छ यो आन्दोलन शिक्षकहरुका लागि मात्रै हो । सरकारले पनि सायद यही बुझेको होला । समग्र शिक्षा नीतिका लागि शिक्षक आन्दोलन हो भन्ने कुरा सरकारले अझै बुझेको नै छैन । तर बिड्म्बना नै भन्नुपछर्, शिक्षा क्षेत्रको समस्या शिक्षकको मात्रै हो ? अभिभावकको होइन ? विद्यार्थीको होइन ? युवाहरुको होइन ? असल शिक्षा छैन भन्ने मात्रै हो ? आजको युग चेतना विकास विज्ञान प्रबिधिको युग भनिन्छ तर धरातल नटेकेको शिक्षा नीतिले अस्थिर अस्तव्यस्त अबस्था वा मानसिक तनाव बोकेको शिक्षकले कसरी असल सम्मृद्ध शिक्षा दिनसक्छ ? हरेक अभिभावकले बुझ्न जरुरी छ विद्यार्थीले बुझ्न पर्छ  कि देशमा असल र माटोतिर फर्केको नेपाली भूगोल इतिहास सभ्यता बुझ्ने प्रबिधिलाई समात्ने सुलभ विपन्न बर्गको पहुँच पुग्ने शिक्षा पद्धति आजको आवस्यकता बुझ्ने र राष्ट्रको सर्बाङ्गिण विकासमा योगदान दिन सक्ने शैक्षिक उत्पादन पुरा गर्न सक्ने योजनाको दीर्घकालिन शैक्षिक निति आजको प्रमुख आवश्यकता हो । यसलाई सबै पक्ष जिम्मेवारी पूर्वक सोच्नुपर्ने दिन आएको छ ।
 यो केबल शिक्षकले जागिर खाने तलब पाउने मात्रै आन्दोलन हो भनेर बुझ्ने ठूलो भुल नेपाली समाजले नगरोस् । यो सरकार र अहिलेको राजनीतिक प्रवृत्तिले बुझेर पनि राष्ट्रिय जिबनको मेरुदण्ड शिक्षा क्षेत्र बलियो बनाउने सोच्दैन । किन कि यो राज्य बिचौलिया र नाफाखोर ब्यापारमा केन्द्रीत छ । सार्बजनिक शिक्षालाई कम्जोर गुणस्तरहिन नबनाई शैक्षिक ब्यापार कम्जोर हुन्छ यसले निजी शैक्षिक ब्यापार संरक्षण गर्न उद्धत छ । यो बेला आम नेपाली अभिभावक शिक्षक विद्यार्थी  राष्ट्रवादी देशभक्त बौद्धिक समुदायले गम्भीर भएर राष्ट्रको शिक्षा नीति  कस्तो हुनुपर्छ ? बहस जरुरी छ हरेक असल नागरिक उत्पादन गर्ने त शिक्षा नै हो  यसको महत्व बुझ्न ढिलाइ गरे राष्ट्रिय जीवन पनि निकै असहज बन्ने निश्चित छ । तसर्थ शिक्षक आन्दोलनप्रति समर्थन गर्दै त्यही जगमा नेपाल राष्ट्रको आवस्यकता नेपाली माटो इतिहास सभ्यता संस्कृति प्रविधिमैत्री व्यावसायिक दुर प्रभावी राष्ट्रिय शिक्षा नीति आवस्यक छ । हरेक नेपाली नागरिकले बुझ्न जरुरी छ । पैसाले पढ्ने शिक्षा होइन । राष्ट्र र जीवन पढ्ने शिक्षा चाहिएको छ । राष्ट्रिय जिबनको गुणात्मक विकासमा योगदान दिन सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्ने समाजलाई बदल्ने नैतिक देशभक्त नागरिक उत्पादन गर्ने  शिक्षा नीति  पाठ्यक्रमसहितको शिक्षा नीति विधि ऐन कानुन आजको प्रमुख आवश्यकता हो । शैक्षिक माफिया ब्यापारिक शिक्षा यो मुलुकको हितमा हुदैन । यसभित्र लुकेको एक रहस्य शैक्षिक जनशक्ति पलायन पनि हो निजी ब्यापारिक शैक्षिक खेल के हो भने माध्यमिक चरण प्रवेश गर्ने वित्तिकै विदेश सुइ विद्यार्थीलाई दिइन्छ विस्तारै उसले देशभित्र केहि देख्न छोड्छ +२ पछी ऊ  विदेश भन्दा बाहिर सम्भावना देख्न छोड्छ अनि तिनै नीजिको सेटिङ्ग संयोजन गरेको नेटवर्कले विद्यार्थीलाई विदेश पठाउछ । यो बहुत कलात्मक खेल चलिरहेको छ राजनीतिक नेता  पार्टी  त्यही लडुमा रमाइरहेका छ्न । यो  निकै गहिरो शैक्षिक समस्याबाट मुक्त हुन  सबै पक्ष  आत्मासमिक्षासहित नेपाली शैक्षिक आन्दोलन सफल बनाउने  दिशामा केन्द्रीत हुन अति अवस्यक छ  । शिक्षक बर्ग पनि  भ्रष्ट राजनीतिक नेताको   बैतनिक अबैतनिक गोठालो होइन राष्ट्रको शैक्षिक सिपाही बन्न जरुरी छ । दलको झोला भिरेर शैक्षिक सुधारको निम्ती आन्दोलनमा हुनुहुन्छ भने शिक्षक साथीहरु तपाइले अपेक्षा गरेको शैक्षिक नीति तुइन्छ । शैक्षिक पेशामा जब राजनीति घुस्छ तब पेशाको भन्दा राजनीतिको आदेशमा शैक्षिक पेशा कम्जोर भएको पत्तै हुदैन । दलको आदेश र नीतिमा शैक्षिक आन्दोलनभित्र शिक्षा नीतिको अपेक्षा गर्नु भूल मात्र हो ।