गणतन्त्रभित्रको राज्य दोहनबाट थलिदै गएको नेपाली जनताको अवस्थाले जनतालाई वर्तमान व्यवस्थाका विरुद्धमा विकल्प खोज्न निर्मम बनाउँदैछ । चरम भ्रष्ट्रचार मौलाइरहेको विकास निमार्णका काम ठप्प भएको रोजगार निर्माणको काम शुन्य प्रायः भएको उद्योग कारखाना निमिटयान्न भएको अवस्थामा राजनीतिक दहरुलाई गणतान्त्रिक व्यवस्था जोगाउन निकै चर्को बन्दैछ । व्यवस्थामाथी प्रश्न किन उठदैछ ? यसको समिक्षा खोइ ? एकअर्कामा दोष देखाएर समिक्षा हुँदैन । अहिले व्यवस्थामाथी उठिरहेको प्रश्न पनि यिनै दलहरुको कारण हो भन्ने कयौं आधारहरु जिवितै छन् । व्यवस्था भन्दा पनि व्यवस्थाभित्रका पात्र खराब भएर यो अवस्था आयो भन्ने कुरा जनतालाई कसले बुझाउने ? पात्रको उल्टो गति हो की व्यवस्थाको खराबी ? यसको बारेमा गहिरो समिक्षा गर्ने की नगर्ने ? प्रमुख तीन दल काङ्ग्रेस ,एमाले ,माओवादीको राष्ट्रिय विकास योजना नहुनु केबल सत्ता स्वार्थमात्रै केन्द्रीत नियतले मुलुक अरु अफ्ठ्यारो तिर जाँदैछ ।
कुशासन चरम भ्रष्टाचार राष्ट्रिय सम्पत्तिको दोहन,कमिसनखोर प्रवृत्तिलाई बढवा कालो बजारी तस्करी नियन्त्रण निरुपण गर्न नचाहनु जस्तो गम्भीर भूल वर्तमान सत्तासिन दलहरुले गरेका हुनाले नै आज यो गणतान्त्रिक व्यवस्था सेतो हात्ती बनिरहेको जनताले महशुस गर्दैछन् ।
६ महिने प्रधानमन्त्री ,मन्त्री हुन मरिहत्ते गर्नु वैदेशिक शक्ति सामु राष्ट्रिय हित बारे उभिन नसक्नु, राष्ट्रिय हित देशभक्ति पुर्ण र राष्ट्रिय आवश्यकता पूर्ति गर्ने व्यवहार उपयोगी शिक्षाका लागि नीति निर्माण गर्न नसक्नु शिक्षा स्वास्थ्यमा भएको चर्को ब्यापारिकरण नियन्त्रण गर्ने निति निर्माण नहुनु कृषिको आधुनिकिकरण व्यावसायिक उपयोग गर्न नसक्नु राष्ट्रिय उत्पादन प्रति उदासिन रहनु जुन क्षेत्रले बहुआयामिक रोजगारको उपलब्धता दिन सक्थ्यो राजस्व ठगी चुहावट रोक्न ध्यान नदिनु नागरिकको आर्थिक सुरक्षा गर्न नसक्नु लगायतका सरकारका कम्जोरीहरु छन् । सहकारीमार्फत खर्बौ निपेक्ष ठगिनु समय सापेक्ष औद्योगिकरण योजना कार्यन्यनको निति अख्तियार गर्न नसक्नु जलस्रोत सम्पन्न मुलुकमा कृषि सिंचाइ र खानेपानी समेत सहज बनाउन नसक्नु अधिकांश नेता मन्त्री भ्रष्टाचारबाट अलग रहन नसक्नु अर्को ठूलो मनोरोग शीर्ष नेताहरुमा छदैछ ।
समाजवादी कम्युनिस्ट भन्ने प्रवृत्तिका नेता भनौदा चरमदलाल भ्रष्टाचार कमिसनको कुचक्र भित्र रुमलिनु संसदीय प्रणाली भ्रष्ट प्रवृत्ति उत्पादन बचाउ संरक्षण गर्ने कारखाना जस्तो बन्नु नै जनतालाई निरासा बनाउने मुख्य जड हो । चरम निरासामा रहेका जनताले बेथिती र कुशासनका विरुद्ध विकल्प खोज्नु कुनै नौलो कुरा होइन । यही निरासाको विकल्पमा बाध्य भएर जनता सडकमा आउन करेच खोजीरहेका छन । त्यसकारण प्रतिगामी शक्ति विरुद्ध तीन दल एक होइन राष्ट्रिय उन्नति प्रगति तिर लाग्ने भ्रष्टाचार बेथिति बिसंगती कालोबजारी ठगी शोषण कमिसनखोर विरुद्धमा तीन दल चार दल पाँच दल हुनु अहिलेको आवश्यकता हो । यसरी एक भएर आम जनतालाई निरासाबाट माथी निकाल्नु पहिलो काम ठान्नु पर्दछ ।
गणतन्त्रको नाममा तमाम कुकृत्य लुटपाट सहन नेपाली जनता सधैं तयार हुदैनन् सहदैनन भन्ने कुरा नेताहरुले समयमै महसुश गर्न जरुरी छ । अब सच्चिने समय बाकी छदै तीन पटक भन्दा बढी प्रधानमन्त्री भइ सकेका नेता र तिनका पार्टीले गम्भीर समिक्षा गर्न आवश्यक छ ।
1 comment
Dilli Prasad Sitaula बिहीबार, ३० फागुन, २०८१
राम्रोसँग वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गरिएको छ। समाधानका पक्षहरूलाई पनि समेटिएको छ। तर समय अंधो र बहिरो भएकोले दुर्घटना निश्चित छ।