माइन्च्जमा रहेको क्याथेड्रल अवलोकन गरिसक्दा दिनको १२ वजेको थियो । माइन्च्जको मुख्यमंत्रीको कार्यालयले हाम्रो लागि दिवाखानाको ब्यवस्था मिलाएको हँुदा उनीहरुले तोकिदिएको स्थानीय भोजनालय तर्फ लाग्यौ । खाना खाइसक्दा १ः३० वजेको थियो । त्यसपछि हामी लाग्यौ गुटेनवर्ग म्यूजियम हेर्न तर्फ । 
गुटेनवर्ग म्यूजियम
यो म्यूजियम विश्वकै सबैभन्दा पूरानो छापाखाना सम्बन्धी म्यूजियमहरु मध्ये एक पर्दो रहेछ । माइन्च्जको क्याथेड्रलको ठीक अर्को साइडमा यो म्यूजियम अवस्थित रहेछ । छापाखाना (प्रिन्टींग प्रेश) का आविष्कारक योहानेस गुटेनवर्गको नामबाट यो म्यूजियमको नामाकरण गरिएको रहेछ । यहा जर्मनी र पश्चिम यूरोपका आविष्कार गरिएका छापाखाना मेसिनमात्रै नभै विश्वभरबाट लगिएका छापाखाना सम्बन्धी अन्य कुराहरुपनि प्रदर्शनमा राखिएको रहेछ । यस छापाखानाको इतिहास खोतल्दै जादा यस छापाखानाको स्थापना केही मानिसहरु मिलेर सन १९०० मा गरेका रहेछन् । त्यो भनेको पहिलो छापाखानाका आष्विकारक योहानिस गुटेनवर्गको ५००औं वर्षगाठमा गरिएको थियो । यिनै मानिसहरुले नै संभव भएसम्म संसारभरबाट छापाखाना सम्वन्धी कुरा संकलन गरेका रहेछन् । त्यस्ता कुराहरुमा विभिन्न देशमा रहेका छाप्ने मेशिनहरु, छापाखानाबाट चन्दास्वरुप दिइएका वहुमुल्य कितावहरु, छापाखानामा प्रयोग हुने सहायक मेशिनहरु रहेछन् । शुरुमा यसलाई माइन्च्ज शहरको पुस्तकालयको रुपमा विकास गरिएको रहेछ किनकी त्यहाँ गुटेनवर्गको जन्म पछिको ५०० वर्षमा छापिएका किताव पनि रहेको र पुस्तकालय जानेहरुलाई ति कितावका सूचीहरु उपलब्ध गराउने गरिदो रहेछ । म्यूजियममा राखिएका कितावहरु पनि ठूलादेखि साना गरी विभिन्न साइजका र बाक्लोदेखि पातलो गरी विभिन्न साइजका रहेछन् । त्यसवाहेक छापाखानामा प्रयोग हुने कागज, पोष्टर, ग्राफिक्स अनि लेखनकलाको शिप र विकासक्रम सम्बन्धी सूचना आदि हँुदै आधुनिक कलापुर्ण कितावसमेत समेटिएका रहेछन् । स्थापनाकालमा माइन्च्जको सामन्तको दरवारको दुई कोठाबाट शुरु गरिएको यो पुस्तकालयसहितको गुटेनवर्ग म्यूजियम सन १९१२ मा राइनआल्लीको आफनै भवनमा सर्न पुगेछ । पछि १९२६ मा त्यहाँ गुटेनवर्गको कार्यशाला पनि जोडिन गएपछि यस म्यूजियमको महत्व बढन गई यसको अवलोकन गर्न जाने मानिसहरुको संख्या पनि वेस्सरी वढन थालेको रहेछ । त्यहाँ अक्षरहरु पहिचान र सेटिंग गर्ने कार्य अवलोकन गर्न जानेहरुलाई प्रयोगात्मक रुपबाटै देखाइने ब्यवस्था पनि गरिएको रहेछ ।  पछि गुटेनवर्गले बनाएको छाप्ने मेशिनको दुरुस्तै नक्कल गरेर १५ओैं १६औं शताब्दीको काठप्रयोग गरी बनाइएको मेशिन फेरी अवलोकन गर्न जाने मानिसहरुको लागि अर्को कौतुहलको विषय बनेको रहेछ । यही कारण यस म्यूजियमको ख्याति विश्वभर प्रचार प्रशार भएसँगै विश्वका विभिन्न देशहरुबाट यस म्यूजियम हेर्ने मानिसको घुइचो लाग्न थालेछ ।  पछि सन १९२७ मा यस म्यूजियमलाई राइनआल्लीबाट रोमन सम्राटको माइन्च्नजमा रहेको दरवारमा सारिएको रहेछ जुन दरवारको निर्माण सन् १६६४ मा भएको र यो माइन्च्ज शहरकै सबैभन्दा सुन्दर दरवारमा गनिदो रहेछ । सन १९४५ मा द्धितीय विश्वयुद्धमा भएको बम आक्रमणबाट नराम्ररी क्षति पुग्न गएको यो दरवारबाट म्यूजियममा रहेका पुरातात्विक महत्वका वस्तुहरुलाई सुरक्षित अन्यत्रै राखिएको र दरवारको जिर्णोद्धार सन १९६२ मा सम्पन्न भएपछि फेरी पहिलेकै अवस्थामा यो म्यूजियम आएको रहेछ । जिर्णाेद्धारकै क्रममा त्यहाँ एउटा नया आधुनिक म्यूजियम भवन पनि निर्माण गरिएको रहेछ जहाँ पहिले बेलायती राजा बस्ने पाहुनाघर ठडिएको थियो । पछि यस म्यूजियममा अन्य महत्वपूर्ण कुराहरु थपिदै गएका रहेछन जस्मा दुई अंकमा छापिएको दोश्रो गुटेनवर्गको वाइवल पनि पर्दो रहेछ । म्यूजियम अगाडिको चोकमा गुटेनवर्गको शालिक पनि ठडाइएको रहेछ । सन १८३७ मा बनाइएको यो शालिकका निर्माता डेनिस मूर्तिकार बेर्थेल थोरभल्डसेन रहेछन् । यस शालिकको हातले उन्ले छापाखानाबाट बाट छापेको वाइवल र छाप्ने प्लेट समेत समातेको देखाइएको छ । गुटेनवर्ग म्यूजियम हेरिसक्दा दिनको ३ वजेको थियो । त्यसपछि हामी स्पायर फक्र्यौ ।