काठमाडौं - नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । भारतको जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले भुटानलाई १–० गोलले पराजित गर्यो ।
नेपालका लागि गीता रानाले २३औँ मिनेटमा गरेको एक मात्र गोल नै नेपालको जितमा प्रयाप्त बन्यो ।६ टोली सहभागी च्याम्पियनसिपमा नेपल समूह ‘ए’ मा रहेको छ । यस समूहमा श्रीलङ्का र भुटान छ । समूह ‘बी’ मा आयोजक भारत, बङ्गलादेश र माल्दिभ्स रहेको छ । नेपालले समूहको दोस्रो खेल मे ३१ मा श्रीलङ्कासँग खेल्नेछ ।


0 comment