काठमाडौं - फ्रान्सेली फुटबल कप्तान तथा रियल मड्रिडका फरवार्ड किलियान एम्बाप्पेले चिनियाँ नेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेको अभिव्यक्तिप्रति चीनसँग माफी मागेका छन्।

मंगलबार वक्तव्य जारी गर्दै उनले आफ्नो टिप्पणीले चीन तथा विश्वभरका चिनियाँ समुदायका मानिसलाई चोट पुर्‍याएको स्वीकार गरेका छन्। ‘मेरो भनाइबाट दुःखी भएका सबैसँग माफी माग्छु। मेरो उद्देश्य यस्तो थिएन,’ उनले भनेका छन्।

एक पोडकास्ट अन्तर्वार्तामा इन्टरनेट मिमबारे कुरा गर्ने क्रममा एम्बाप्पेले आफ्नो अनुहार माओको तस्बिरमा जोडिएको मिम देखाउँदै उनलाई चिनियाँ तानाशाह भनेका थिए। त्यसपछि चीनमा उनको तीव्र आलोचना भएको थियो।

विवादपछि चिनियाँ सरकारी टेलिभिजनले उनी सहभागी खेल तथा ला लिगाका कार्यक्रम प्रसारण रोकेको र उनका विज्ञापन हटाइएको सञ्चारमाध्यमहरुले जनाएका छन्। मेङनिउलगायतका केही चिनियाँ कम्पनीले पनि उनीसँगको व्यावसायिक साझेदारी तोडेका छन्।

स्विस खेल पोसाक कम्पनी अन होल्डिङले भने एम्बाप्पेको माफीको स्वागत गरेको छ।  चिनियाँ सामाजिक सञ्जालमा एम्बाप्पेको माफीप्रति असन्तुष्टि कायमै छ।