काठमाडौं - भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले खेलाडीका रुपमा सन्यास लिएका छन्। मंगलबार उनले खेलाडीका रूपमा आइपीएल यात्रा टुंग्याएको घोषणा गरेका हु्न्।धोनीको सन्याससँगै आइपीएलमा उनको झन्डै दुई दशक लामो खेलाडी जीवनको अन्त्य भएको छ।
खेलाडीका रूपमा आइपीएलबाट अलग भए पनि उनी टोलीसँग भने कायमै रहने चेन्नईले जनाएको छ। धोनी अब सन् २०२७ को आइपीएलदेखि चेन्नई सुपर किंग्सको मेन्टरका रूपमा रहनेछन्। उनको कप्तानीमा चेन्नईले पाँच पटक आइपीएल उपाधि जितिसकेको छ।


0 comment