काठमाडौं - नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु  हुँदैछ ।

यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ ।

यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । एनपीएलको‌ तेस्रो संस्करणको बिजेताले रु १ करोड ५० लाख र उपविजेताले ८० लाख तथा तेश्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ । अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि  ४० लाखले बढाइएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले  पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
यो सँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ ।

आगामी नोभेम्बर १५ मा एनपीएलको लिग चरणका खेलहरू सकिने छन् ।