काठमाडौं - नेपालले आईसीसी मेन्स सीडब्ल्यूसी क्वालिफायर प्लेअफ आयोजना गर्ने भएको छ ।

क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले आफ्नो आधिकारिक पोस्टमा उल्लेख गरे अनुसार यो प्रतियोगिता डिसेम्बर ४ देखि २१ सम्म नेपालमा हुनेछ । रातिको स्टेडियम, आतिशबाजी र उत्साहित दर्शकहरूको तस्बिरसहितको पोस्टर सार्वजनिक गर्दै यो जानकारी गराएको छ ।

आईसीसी सीडब्ल्यूसी क्वालिफायर प्लेअफ नेपालका लागि निकै महत्त्वपूर्ण छ । यो २०२७ को आईसीसी मेन्स क्रिकेट विश्वकपको ढोका खोल्न सक्ने प्रतियोगिता हो ।

डिसेम्बर ४ देखि २१ सम्म चल्ने भएकोले लगभग १८ दिनको लामो यस प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । यसबाट शीर्ष ४ टिम अगाडि बढेर मुख्य आईसीसी मेन्स क्रिकेट विश्वकप क्वालिफायरमा पुग्छन् । लिग २ का तल्लो ४ टिम (नेपाल, क्यानडा, युएई र नामिबिया र ओमानमध्ये जो बाँकी रहन्छ) र विश्वकप च्यालेन्ज लिग (तेस्रो तहको लिग) का शीर्ष ४ टिमपणले अफमा भिड्नेछन् ।

नेपाल लिग २ मा शीर्ष ४ मा पर्न नसके पछि सिधै क्वालिफायरमा जान पाएन । अब यो प्लेअफमा राम्रो प्रदर्शन गरेर शीर्ष ४ मा परेमा मुख्य क्वालिफायरमा जान सक्छ । त्यहाँबाट विश्वकपको टिकट काट्न सकिन्छ। यो प्रतियोगिता होम ग्राउन्डमा हुनु भएकाले नेपालका लागि ठूलो फाइदा हो ।

यसले लिग २ र च्यालेन्ज लिग बीच प्रमोसन–रेलिगेसन पनि निर्धारण गर्छ ।