दशैंको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशीर्वाद लिइँदै छ। टीका लगाउने दिशाबारे विभिन्न मान्यता र अभ्यास रहे पनि समितिले टीका थाप्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने जनाएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दक्षिणतर्फ फर्किएर पितृकर्म मात्रै गरिने धार्मिक मान्यता रहेकाले दशैंको टीका लगाउँदा दक्षिण फर्किने चलन छैन।

कतिपयले चन्द्रमाको अवस्था र साइतका आधारमा टीका लगाउने तथा थाप्ने दिशा तय गर्ने गर्छन्। तर सामान्यतया यसलाई त्यति विस्तृत रूपमा विचार गर्ने चलन नरहेको बताइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ। उत्तम साइत खोज्नेहरूका लागि भने बिहान १० बजेर २६ मिनेटको समय निर्धारण गरिएको छ।