काठमाडौं – सन्धिखर्क नगरपालिका अर्घाखाँचीका जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल अहिले काठमाडौंमा विक्री भइरहेको छ ।
तिहारमा विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले काठमाडौं लगायत अन्य जिल्लाहरुमा पनि विक्री भइरहेको हो ।
विद्यालयमा उत्पादित फूल तथा मालाको माग विभिन्न सहरमा बढ्दै गएको विद्यालयका शिक्षक प्रकाश भुसालले बताए । भुषालका अनुसार अहिलेसम्म करिब चार क्विन्टल फूल बिक्री गरिसकियो ।

विद्यालयले विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप, श्रमको सम्मान र उत्पादनमुखी कार्यमा जोड्ने उद्देश्यले फूल खेती गर्दै आएको विद्यालयको भनाइ छ ।
यसकार्य विद्यार्थीहरूको मेहनतबाट उत्पादित फूलले बजार पाउन थालेपछि स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत सकारात्मक सन्देश दिएको पाइन्छ ।


0 comment