काठमाडौं – भाई टिकाको अघिल्लो दिन आज गोवर्धन पूजा अर्थात गोरु पूरा गरी मनाइएको छ । विशेषगरी तिहारको आज चौथो दिन हो । विशेषत गाउँघरतिर आफ्ना घरमा गोरु नभए पनि गोरु भएका घरमा पूजाका लागि सामग्री लगिदिने र गोरुलाई मिठोमिठो कुडो रोटीका टुकुरा दिने गरिन्छ । वर्षभरी गोरुले अन्नवाली लगाउन खेतवारी जोत्ने र अन्नवाली उत्पादनको सारथीको रुपमा आजको दिन सम्झीने गरिन्छ ।
काग तिहार कागको पूरा कुकुर तिहार कुकुरको पूजा गाई तिहार गाईको पूरा गोरु तिहार गोरुको पूरा गर्ने चलन रहि आएको छ । हिन्दुहरुको महान दोस्रो चाडको रुपमा तिहारलाई लिने गरिएको छ । देउसी भैलीको रौनक जताततै छ भने प्रधानमन्त्री देखी सत्ता रुढ दलका सभापति रवि लामिछाने सम्मले देउसी भैलीहरुसँग छमछमी नाचेका छन यो तिहारमा । भोली भाईको पूजा गरेपछि तिहारलाई विदाई गर्ने चलन छ ।


0 comment