काठमाडौं - अमेरिकाको लस एन्जलसमा लागेको बन डढेलोले ठूलो रुप लिएको छ ।  

१० एकडबाट २ हजार ९ सय एकड भन्दा बढीमा फैलिएको डढेलो केही घण्टामै फैलिएपछि आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण को आदेश दिइएको छ ।  १३ हजार भवन खतरामा परेको बताईएको छ । केही घर समेत जलेका छन् । 

स्थानीय समयअनुसार मङ्गलबार बिहान साढे १० बजे आगलागी भएको थियो ।  सो क्षेत्रमा ५० माइल प्रतिघण्टा (८० किलोमिटर प्रतिघण्टा)को गतिमा हावा चलेको छ ।

लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले प्यासिफिक पालिसेड्स खतराबाट बाहिर नरहेको बताएका छन् ।