काठमाडौं - सभामुख डोलप्रसाद अर्यालले रास्वपा सांसद आशिका तामाङलाई मर्यादामा रहन निर्देशन दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विदेशमा रहेका नेपालीको शव ल्याउने विषयमा परराष्ट्रमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गर्ने क्रममा विवाद गरेपछि सभामुख अर्यालले मर्यादामा रहन निर्देशन दिएका हुन्।

स्पष्टीकरण सोध्न पाउनुपर्ने भन्दै सांसद तामाङ उठेपछि सभामुख अर्यालले नियमावलीमा थप स्पष्टीकरणको व्यवस्था नरहेकाले बस्नका लागि आग्रह गरेका थिए, तर सांसद तामाङले प्रश्न सोध्न पाउनुपर्ने अडान राखेपछि सभामुखले मर्यादामा रहन निर्देशन दिए । सभामुखको निर्देशनपछि आक्रोशित हुँदै सांसद तामाङ बैठकबाट बाहिरिएकी थिइन् ।