हामीले लामो समयसम्म एउटा उर्जाशील बिज्ञापन रेडियो नेपालमा गुञ्जिएको अवस्थामा आफ्नो देशको गौरवलाई त्यो बालापनमा पनि हर्षको अनुभूति हुने गर्दथ्यो । नेपाल टेलिभिजनमा प्रसारित कृष्टिमैनालीको सचित्रको विज्ञापन ‘ड्राईभर दाईलाई मनपर्ने टायर गोरखकाली रबर उद्योग भएर’ भन्ने दृष्याबलोकनले उत्साहको ज्योति चम्कन्थ्यो । जनताका प्रिय राजा विरेन्द्रद्वारा चीन सरकारको सहयोगबाट निर्मित उक्त उद्योग नेपालको शान, जनताको नाम गौरवशाली अभियानले गोरखा राज्य, गोरखाली फौजको नाम अनि गोरखकाली मन्दिरको शक्ति र गोरखनाथ बाबाको स्मरणले गारेखकाली रबर उद्योगले मिति २०४१ सालबाट उद्योग निर्माण थालियो । करीब ८ बर्षमा उद्योग स्थापना भएर उत्पादनको लयमा आएको थियो ।
यातायातको बिकास बाटोघाटोको तीब्रतासँगै यातायातका साधनहरुको संस्थामा बृद्धि भएसँगै टायरको माग पनि दिन दोगुणा रात चौगुणाले बढ्दै गई रहेको थियो । करिब ६७० रोपनी जग्गामा फैलिएको क्षेत्रफलमा स्थापित उद्योगले ३८% नेपाल सरकार २१% र बाँकी नेपाल आयल निगम लगायतका कम्पनीहरुको हातेमालोबाट सञ्चालन गरिने कार्यविधि निच्चय नै दिगो रुपले टिकाउ गरीने गरी तय गरीएको व्यवस्था पनि तत्कालिन सरकारको दूरदर्शिताको रुपले अहिले मनन् गर्न सकिन्छ । १,२०,००० को क्षमता रहेपनि ८०,००० जति १२ प्रकारका ट्रकका टायर ५ प्रकारका टायरहरु कमर्सियल र ६ प्रकारका टायरहरु प्यासेन्जर कारहरुको लागि बनाएर आशाको सञ्चारको थालनी गरेको थियो । टायर र ट्यूव समेत ९०,००० जति उत्पादन हुने गर्दथ्यो । करीब ४०० जनालाई प्रत्यक्ष रोजगारी दिनसफल उक्त उद्योगबाट उत्पादित टायरको क्षमता पनि द्रविलो थियो । ३०,००० कि.मि गुड्न सक्ने दुईपटक रिसोलिङ गर्न मिल्ने भएकोले नेपाली ट्रक ड्राइभरको रोजाईमा गोरखकाली टायर नै पर्दथ्यो ।
नेपाली बजारको करीब ४५% माग परिपूर्ति गर्न थालिसकेको थियो भने ट्रकका १२ प्रकारको ६०% मागलाई पुरागरेको थियो । त्यसबेलासम्म भारतीय टायरको बजार हिस्सा माग ३५% रहेको थियो । क्रमसः नेपाल गुड्ने टायरमा प्रतिसपर्दा सँगसँगै आत्मनिर्भरता तर्फ अगाडि बढिरहेको देखिन्छ ।
यसको आधारभूमि रबरखेति झापा जिल्लामा ब्यापक गरिन थालियो तत्पश्चात नेपालको अर्थतन्त्र दर्बिलो हुने अर्कोतर्फ आयात प्रतिस्थापन गर्न सबल बन्ने निश्चित देखेर केही स्वाथ्र्य समूह चिन्तित भएर यसलाई कसरी क्षतविच्छेद बनाउने पात्रको खोजीमा लागिरहेको परिप्रेक्षमा बहुदलीय व्यवस्थाको आगमनको छेउमा भृकृटिकागज कारखाना, जनकपुर चुरोट कारखाना, बासवारी छालाजुक्ता कारखाना, बीरगञ्ज चिनी कारखाना लगायतका आफ्नै कच्चा पदार्थहरुबाट सञ्चालन हुन सक्ने उद्योगलाई श्रमिक संगठन र सरकारी नियुक्त हुने प्रयोग हुने जालन्धरी पात्रलाई स्वाथ्र्य समुहको आत्मालाई अगाडी सारेर नेपालको समृद्धिका कलखारखानालाई धुलिचटान बनाए ।
राजनैतिक उतारचडाब र अस्थिरताको कारणले मजदुर संगठनलाई प्रजातान्त्रिक र प्रगतिशिल समुहबाट पालैपालो रसातलमा पु¥याइयो कहिले आर्थिक अभाव कहिले कुनैन कुनै बहानामा यो कम्पनीलाई नियतबस समस्याको जडमा थुपारियो जसको परिमाण स्वरुप वि.सं. २०७१ साल चैत्र २१ गते बन्द गरियो यसै मौकामा नेपाली टायर सुस्तायो र भारतीय बजारले ८९% हिस्सा लिन सफल भयो ।
नेपाली उद्योगले लिन खोजेको मार्गलाई राजनैतिक नेतृत्वबाट वेवास्ता गरियो । आफ्नो संगठनको कार्यकर्ताको नामबाट दोहन गरी नेपालीको आशाको दीयोलाई निमठिएको मात्र छैन देशलाई गुड्नको लागि पनि परनिर्भरता तर्फ विधिवत लगिएको कुरा कहाँबाट पुष्टि हुन्छ भनेन । यस्तो अत्यावसेक सेवालाई पुनरागमन अथवा जीवन दिनुको सट्टा मिति २०७५ साल माघ महिना ३ गते मन्त्रीपरिषद्ले सदाका लागि बन्द गराइएबाट असली नियतको पर्दाफास हुने भएको छ ।
नेपालको संविधान २०७२ को प्रस्तावनामा के भनिएको छ भने संघिय लोकतान्त्रित गणतन्त्रात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, मौलिक अघिकार आवधिक निर्वाचन प्रणाली, स्वतन्त्र निष्पक्ष र सक्षम न्याय प्रणाली कानूनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मुल्य र मान्यतामा आधारित समाजवाद प्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यामबाट दीगो शान्ति, शुसासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न संविधान सभाबाट पारित गरियो । संविधान त जारी गरेका छन्, प्रजातन्त्रिक शक्ति र जनयुद्धको नाममा जनताको लागी बन्दुक खर्चिएको माओवादीका तत्कालिन नेता डा. बाबुराम भट्टराई र पछिल्लो पटक गोरखाबाट निर्वाचित पुष्पकमल दाहलले समेत यस्तो परियोजनालाई अनदेखा गरिनुलाई चानचुने मान्न सकिन्न । कांग्रेस र एमालेका शासकले त यो कम्पनीलाई रसातल पु¥याउने भूमिका थियो गरे । अव पनि यिनलाई यसको चिन्ता छैन किनकी यो ध्वस्त नभए मित्रराष्ट्रको कम्पनीको व्यापार बन्द हुने निश्चित थियो ।
अतः नेपाली जनताको मिहिनेत र पसिनाले कच्चा पदार्थको बिक्री सुनिश्चित भएको बजारको पूर्ण ग्यारेन्टी भएको यस्तो उद्योगलाई पूर्नजीवन गर्नको लागी नागरिक समाज, बौद्ध्रिक जगत समृद उद्योगसँग सम्बन्धित पक्षसँग धनिभूत छलफल गर्न आवश्यक छ । उद्योग संचालन गर्नको लागि छलफल चलाई सदाको लागी जीवनतता नदिएको खण्डमा यस्ता समाजबाद, समृद्धि स्वरोजगार आयात प्रतिस्थापन जस्ता नाराको कुनै अर्थ छैन । कितावी गणतन्त्रको वकालत गर्नेहरुको सक्कली अनुहारको विम्व नेपाली जनताले बुझि गोरखाकालीलाई यथासक्य नैतिक, कानूनी आर्थिक, व्यवस्थापकिय रुपले व्युताउनलाई ढिला गरिनु हुदैन ।



0 comment