काठमाडौं - इजरायल र लेबनान युद्धविराम सम्झौताको नजिक पुगेका छन् । यस विषयमा छलफल गर्न मंगलबार इजरायलको मन्त्रीपरिषदको बैठक बस्न लागेको इजरायली अधिकारीहरूले बताएका छन्।
इजरायल र इरान समर्थित लेबनानी मिलिशिया हिजबुल्लाहबीच जारी द्वन्द्व अन्त्यका लागि ६० दिने युद्धविरामको प्रस्ताव गरिएको छ ।यसमा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुनुका साथै त्यस क्षेत्रमा हिजबुल्लाहको उपस्थितिलाई अन्त्य गरिने बताइएको छ ।
यद्यपि इजरायल र हिजबुल्लाहबीचको आक्रमण जारी छ । आइतबार लेबनानबाट इजरायलमा करिब २५० क्षेप्यास्त्र प्रहार गरिएको समाचार छ । जसमध्ये अधिकांश क्षेप्यास्त्रलाई लाई इजरायलले रोकेको थियो।
इजरायली वायु सेनाले अहिले पनि बेरुत र अन्य स्थानमा संदिग्ध हिजबुल्लाह स्थानहरू र हतियार भण्डारहरूमा हवाई हमला जारी राखेको छ।इजरायल र हिजबुल्लाहले खाली गरेको क्षेत्रमा लेबनानी सेनाको उपस्थिति बढाउने सहमति भएको एक पश्चिमी कूटनीतिज्ञले बताएका छन् ।
युद्धविरामको अनुगमन गर्न फ्रान्सलाई सदस्य बनाएर अमेरिकाको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको उनले बताए ।
0 comment