काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन नै चीन,मेक्सिको र क्यानडामाथि नयाँ कर लगाउने बताएका छन् ।
आगामी जनवरी २० मा आफ्नो शपथ ग्रहण गरे लगत्तै मेक्सिको र क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने नवनिर्वाचित राष्ट्रपति ट्रम्पले बताएका हुन् ।
चीनबाट सिन्थेटिक ओपिओइड फेन्टानिलको तस्करी नरोके सम्म चीनमाथि थप १० प्रतिशत कर लगाइने उनले बताएका छन््
ट्रम्पले सामाजिक प्लेटफर्ममा लेख्दै मेक्सिको र क्यानडामा लागू औषध,विशेषगरी फेन्टानिल र अवैध रूपमा सीमा पार गर्ने आप्रवासीमाथि प्रतिबन्ध नलगाएसम्म मेक्सिको र क्यानडामाथिको कर यथावत रहने बताएका छन् ।
0 comment