काठमाडौं - लेबनानको राजधानी बेरुतको मध्यभागमा रहेको एक आवासीय भवनमा इजरायली आक्रमण भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।लेबनानको राष्ट्रिय समाचार संस्था एनएनएका अनुसार राजधानीको घना बस्तीमा आक्रमण गरिएको हो ।

आक्रमण अघि कुनै पनि चेतावनी नदिई आठ तले भवन पूर्णरुपमा ध्वस्त बनाईएको हो ।इजरायली आक्रमण स्थानीय समयअनुसार आज बिहान ४ बजे विस्फोट भएको समाचार छ ।
इजरायली सेनाले बस्ता आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।

हिजबुल्लाहका एक वरिष्ठ व्यक्तिलाई निशाना बनाई आक्रमण गरिएको हुनसक्ने भएपनि इजरायली सेनाबाट कुनै पुष्टि भएको छैन।घटनास्थलको भग्नावशेष हटाउने काम जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

बिहानै आक्रमण सुरु हुँदा स्थानीयहरु सुतिरहेका थिए ।