काठमाडौं - चीनमा फेरि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ। सोमबार एकै दिन चीनभर १६ हजार ५९० नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये १ हजार २ सय ३५ जनामा संक्रमणको लक्षण देखिएको छ। १५ हजार ३५५ जनामा कुनै लक्षण छैन।

चीनको व्यापारिक सहर साङ्घाईमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्।

सरकारले 'विच्याट'को आधिकारिक खाताबाट मंगलबार सांघाईमा लक्षण नदेखिएका १३ हजार ८६ नयाँ कोरोना भाइरसका संक्रमित भेटिएको जानकारी दिएको छ। साथै २६८ जनामा संक्रमणको लक्षण देखिएको छ।

आइतबार लक्षण नदेखिएका बिरामीको संख्या ८ हजार ५ सय ८१ रहेको थियो भने संक्रमणको लक्षण भएका ४२५ जनाथिए।