टुर्कुको क्याथेड्रलमा लामै समय विताएर निस्कदा दिनको दुइ वजेको थियो । त्यसपछि यानाले भार्टीभुओरी Observatory हेर्न जाने की भनेर सोधिन अनि मैले पनि हुन्छ भने र हामी दुवै त्यतै तिर लाग्यौ ।
भार्टीभुओरी Observatory र वंगैचा
यो Observatory लाई पहिले टुर्कुको रोयल एकाडेमी भन्दा रहेछन् । यसको भवन सन् १८१९ मा नै बनेको रहेछ । फिनलैण्डको सबैभन्दा पुरानो भवनमा गनिने यो Observatory को डिजाइन जर्मन आर्किटेक्ट कार्ल लुडभिग एञ्जेलले गरेका रहेछन् । यसको वास्तुकला फिनलैण्डको राजधानी हेलसिन्कीमा रहेको र रसियाकोे लेनिनग्राद (सेन्ट पिटर्सवर्ग) मा रहेको जस्तै छ भन्दा रहेछन । किनकी उक्त दुवै Observatory एञ्जेलनै डिजाइन गरेका रहेछन् । यो टुर्कुको भार्टीभुओरी पहाडको टुप्पामा रहेको हुँदा त्यसै पहाडको नामबाट यो Observatory को नाम राखेको रहेछ र अग्लोमा अवस्थित भएको कारण टुर्कु शहरको सबै ठाउँबाट यो Observatory देखिदो रहेछ । यहीबाट फिनलैण्डका खगोलशास्त्रीहरुले फिनलैण्डमाथिको आकाशमा देखिने तारा र ग्रहहरुको अवलोकन र अध्ययन गर्ने गर्दा रहेछन् ।
सन् १८२७ मा टुर्कुमा भएको ठूलो आगलागीवाट वचेको यो Observatory को भित्रीभाग जहाँ पुरै सौर्य प्रणाली हेर्न मिल्दथ्यो त्यसको निर्माण भने जर्मन खगोलशास्त्री फ्रिडरिख विलहेल्म आर्गेलाण्डर सन् १८२७ मा नै बनाएका रहेछन् । आगलागी पछि यो Observatory लाई हेलसिन्की लगी सन १८६७ सम्म यो भवन खाली राखिएको रहेछ र सन् १९८६ देखि यहा सामुद्रिक म्यूजियम राखिएको रहेछ । चट्टानै चट्टान भएको यस सानो डाडामा पछि पार्क वनाउने उध्देश्यले ७० विभिन्न जातका रुखहरु लगाइएको रहेछ र सबैभन्दा पुरानो भनेको १०० वर्ष अगाडिसम्मका रुखहरु रहेछन् भने यसको क्षेत्रफल ७१६४७ वर्गमिटर रहेछ ।
फिनलैण्डमा रहेका स्वेडिस भाषा वोल्ने विद्यार्थीहरुले सन् १९१९ को मे को पहिलो दिन पिकनिक आयोजना गरी धुमधामसंग मनाएको कारण यस ठाउँ त्यसवेला देखि ग्रिष्मयाममा पिकनिक मनाउने थलोको रुपमा बिकास भएको रहेछ । टुर्कु शहरको नजिकै भिरालो डाडामा अवस्थित यस पार्कमा हामी पुग्दा धेरै परिवारहरु पिकनिक मनाइरहेको देखियो ।
0 comment