काठमाडौं - उत्तरी पाकिस्तानको गिलगिट-बाल्टिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
विवाह समारोहबाट फर्कंदै गरेको २५ जना यात्रु बोकेको बस गएराति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार एएफपीलाई जानकारी दिएको छ।
उद्धारका लागि घटनास्थमा खटिनुभएका वजीर असद अलीले बसमा २५ जना सवार मध्ये अहिलेसम्म १४ जनाको शव निकालिएको छ बताउनुभयो । १० जना अझै हराइरहेका बताइएको छ ।
गिलगिट- बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् ।
घटनामा घाइते अवस्थामा उद्धार गरिएकी बेहुली खतरामुक्त रहेको र उनको गिलगित अस्पतालमा उपचार भइरहेको अलीले बताउनुभयो ।
त्यस क्षेत्रका एक वरिष्ठ प्रहरी अधिकारी नाइक आलमले एएफपीलाई बताए अनुसार दुलहाको परिवार विवाहका लागि ५०० किलोमिटर भन्दा बढी टाढा पञ्जाबबाट गिलगिट- बाल्टिस्तानमा गई बेहुली लिएर घर फर्कंदै गर्दा दुर्घटना भएको हो ।
0 comment