काठमाडौं - अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) का प्रमुख राफेल ग्रोसीले इरानको आणविक कार्यक्रमबारे महत्वपूर्ण वार्ताका लागि बुधबार तेहरानतर्फ प्रस्थान गर्नुभएको छ ।
 
इरानको क्षेत्रीय शत्रु इजरायलका रक्षामन्त्रीले इस्लामिक गणतन्त्र इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्ने कुरा पहिले भन्दा बढी उजागर भएको चेतावनी दिएको दुई दिनपछि उहाँको यो भ्रमण हुन लागेको हो ।

इरानले लामो समयदेखि आणविक हतियार निर्माण गर्न खोजेको आरोप इजरायलले लगाउँदै आएको छ।

गाजामा हमास र लेबनानको हिजबुल्लाहसँग इजरायलको युद्धलाई लिएर तनाव बढिरहेका बेला यी दुई देशले यस वर्ष क्षेप्यास्त्र आक्रमण गरेका हुन् ।

यस आक्रमणले उनीहरूको वर्षौं लामो छायाँ युद्धलाई सतहमा ल्याएको छ भने मध्यपूर्वमा व्यापक द्वन्द्वको डरलाई बढावा दिएको छ।

ग्रोसीले आफ्नो भ्रमणअघि एएफपीसँगको अन्तर्वार्तामा कूटनीतिक समाधानका उपाय खोज्नु अत्यावश्यक भएको बताएका थिए ।