काठमाडौं - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएपछि रुससँगको युद्ध चाँडै अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा रचनात्मक कुराकानी भएको जेलेन्स्कीले बताएका छन् । ट्रम्पले रुससँगको सम्भावित वार्ताका लागि कुनै माग राखेका छन् वा छैनन् भन्ने बारे भने जेलेन्स्कीले केही बताएका छैनन् ।

ट्रम्पले युक्रेनलाई सैन्य सहायताका रूपमा युद्ध अन्त्य गर्नु र अमेरिकी स्रोत साधनमा भएको ह्रासलाई रोक्नु नै आफ्नो प्राथमिकता रहेको बताउँदै आएका छन् । अमेरिकी कानुनले जनवरीमा पदभार ग्रहण गरेपछि मात्र ट्रम्पसँग भेटघाट गर्न पाउने जेलेन्स्कीले बताएका छन् ।

ट्रम्प र जेलेन्स्कीबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । सन् २०१९ मा जेलेन्स्कीलाई बाइडन परिवारका बारेमा हानिकारक सूचना खोतल्न दबाब दिएको आरोपमा ट्रम्पमाथि महाभियोग लगाइएको थियो ।

वर्षौंदेखिको मतभेदका बावजुद ट्रम्पले जेलेन्स्कीसँग आफ्नो सम्बन्ध निकै राम्रो रहेको बताउँदै आएका छन् ।