काठमाडौं - बारामा चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै पीडित परिवारजन र स्थानीयले राजमार्ग अवरोध गर्दै प्रदर्शन गरेका छन् ।
तीन दिनदेखि हराइरहेकी जीतपुरसिमरा-१ भक्तिनगर टोलकी चार वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको आइतबार घरबाटै हराएकी बालिकाको शव मंगलबार परेको थियो । उनीहरूले दिउँसो १ बजेदेखि वीरगन्ज-पथलैया त्रिभुवन राजपथ अवरोध गरेका हुन् ।
दोषीलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने र पीडित परिवारलाई राहत उपलब्ध हुनुपर्ने भन्दै उनीहरूले राजपथ अवरोध गरेका हुन् । बालिकाको शव कलैया प्रादेशिक अस्पतालमा छ । गत साउन ३१ गते घरबाटै चकलेट थमाएर नजिकैको सुनसान घरमा लगेर बलात्कार गरी हत्या गरेको अवस्थामा शव मंगलबार साँझ फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मीनबहादुर घलेले बालिकाको हत्यामा संलग्नलाई व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको बताए ।


0 comment