काठमाडौं - गृहमन्त्री सुधन गुरुङले पार्टीभित्रको असन्तुष्टि सदनमा नपुर्याउन रास्वपा सांसदहरुलाई आग्रह गरेका छन् ।
रास्वपा संसदीय दलको बुधबारको बैठकमा गृहमन्त्री गुरुङले पार्टीभित्रका असन्तुष्टि संसद्मा पुर्याउँदा विपक्षी दलहरू बलियो हुने भन्दै संसद्मा सरकारको विरोध नगर्न पनि भनेका छन् । उनले भने,‘घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं, विपक्ष बलियो हुन थाल्यो ।’
मन्त्री गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित गुनासो भए आफूलाई नभइ स्वकीय सचिव जेम्स कार्कीलाई सुनाउन पनि सांसदहरूलाई आग्रह गर्दै सांसदहरूलाई स्वकीय सचिव कार्कीको नयाँ नम्बर पनि दिएका छन् । बैठकमा सरकारका अधिकांश मन्त्री र सांसदहरुको उपस्थित रहेको थियो ।


0 comment