काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्।
सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ।
अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा युद्ध सुरु हुनुअघिसम्म यो खुला अन्तर्राष्ट्रिय जलमार्गका रूपमा सञ्चालनमा थियो । ट्रम्पले केही दिनअघिदेखि नै यस जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने र नियन्त्रण कायम गर्ने विचार व्यक्त गर्दै आउनुभएको थियो भने इरानले उक्त मार्ग ‘इरानी नै रहने’ स्पष्ट पारिसकेको छ।
आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता ट्रम्पले क्यानडालाई अमेरिकी राज्य बनाउने, ग्रीनल्यान्ड र गाजा पट्टीमाथि नियन्त्रण लिने जस्ता विवादास्पद प्रस्तावहरू अघि सार्नुभएको भए पनि ती कार्यान्वयन भने भएका छैनन्। अर्कोतर्फ, इरानले जलमार्ग पुनः खोल्न र वार्तामा बस्नका लागि अमेरिकी नाकाबन्दी र तेल प्रतिबन्ध अन्त्य हुनुपर्ने, रोक्का सम्पत्ति फुकुवा गरिनुपर्ने तथा युद्धको क्षतिपूर्ति दिनुपर्ने सर्तहरू अघि सारेको छ।


0 comment